भजनसंग्रह 103:14

अनलक शाब्दिक बाइबल

किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्‍नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 3:19 : 19 तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
  • अय्यू 10:9 : 9 म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्‍झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्छ?
  • भजन 78:38-39 : 38 तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन । हो, धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन । 39 तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।
  • भजन 89:47 : 47 मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
  • उप 12:7 : 7 जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
  • यशा 29:16 : 16 तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ! के कुमालेलाई माटोजस्तै ठान्‍ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्‍ने, “त्यसले मलाई बुझ्दैन”?
  • अय्यू 13:25 : 25 तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र?
  • अय्यू 7:5-7 : 5 मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन् । 6 मेरा दिनहरू सिलाउनेको चक्‍काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् । 7 हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।
  • अय्यू 7:21 : 21 किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 103:15-18
    4 पदहरू
    80%

    15मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्‍यो मौलाउँछ ।

    16त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।

    17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।

    18तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।

  • भजन 103:10-13
    4 पदहरू
    79%

    10उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्‍न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्‍न ।

    11किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।

    12पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्‍यति नै टाढा हटाउनुभएको छ ।

    13बुबाले आफ्‍ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ ।

  • 39तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।

  • भजन 144:3-4
    2 पदहरू
    74%

    3हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?

    4मानिस एकपल्‍टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।

  • 11परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।

  • 3परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।

  • 4मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्‍ता दिनुहुन्छ?

  • भजन 39:4-5
    2 पदहरू
    71%

    4“हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्‍म छ सो मलाई जान्‍न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।

    5हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्‍चय नै, हरेक मानिस एक सास मात्र हो । सेला

  • 25किनकि हामी पग्‍लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।

  • अय्यू 34:14-15
    2 पदहरू
    70%

    14उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्‍नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए,

    15तब सारा प्राणी एकसाथ नष्‍ट हुन्‍थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्‍थ्‍यो ।

  • 15किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन ।

  • 9(हामी हिजो मात्र जन्मियौं र हामी केही जन्‍दैनौं, किनकि पृथ्वीमा हाम्रा दिनहरू छाया मात्र हो ।)

  • 29तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।

  • 9म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्‍झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्‍याउनुहुन्छ?

  • 4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।

  • 7यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्‍चय नै मानवहरू घाँसै हुन् ।

  • यशा 64:8-9
    2 पदहरू
    69%

    8तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।

    9हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।

  • 12तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।

  • 23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • भजन 90:10-12
    3 पदहरू
    69%

    10हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।

    11तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?

    12त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।

  • 6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?

  • 14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।

  • 24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”

  • 4जब मानिसको जीवनको सास रोकिन्छ, तब त्यो जमिनमा फर्किन्छ । त्यो दिन त्यसका योजना सिद्धिन्‍छ ।

  • 6किनकि परमप्रभु उच्‍च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्‍ता गर्नुहुन्‍छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ ।

  • 47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।

  • 17मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 23कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।

  • 1¶ हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ ।

  • 16के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो?

  • 5हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।

  • 22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?

  • 20हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।

  • अय्यू 14:1-2
    2 पदहरू
    67%

    1¶ स्‍त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्‍छ, अनि दुखैदुखले भरिएको हुन्छ ।

    2ऊ फुलझैं जमिनबाट उम्रिन्‍छ र काटिन्छ । ऊ छायाझैं भाग्छ, र रहँदैन ।

  • 3तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्‍नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”

  • 14किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।