अय्यूब 13:20

अनलक शाब्दिक बाइबल

हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 3:8-9 : 8 अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके। 9 परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?” 10 मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।”
  • अय्यू 9:34-35 : 34 अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ । 35 तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।
  • भजन 139:12 : 12 तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
  • प्रका 6:15-16 : 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 13:21-24
    4 पदहरू
    83%

    21आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।

    22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

    23मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।

    24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

  • 7म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्‍नुहोस् ।

  • 32मैले देख्‍न नसक्‍ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्‍यो काम म फेरि गर्नेछैनँ ।'

  • अय्यू 13:13-15
    3 पदहरू
    75%

    13तपाईंहरू चूप लाग्‍नुहोस्, यसैले कि म बोल्‍न सकूँ । मलाई जे हुनु छ होस् ।

    14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।

    15हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।

  • 13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

  • 2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

  • 23त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् ।”

  • 20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,

  • 17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।

  • 17आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।

  • 2मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्‍नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस् ।

  • 12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।

  • 9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।

  • भजन 27:8-9
    2 पदहरू
    73%

    8मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।

    9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।

  • अय्यू 9:34-35
    2 पदहरू
    73%

    34अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।

    35तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।

  • 13मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्‍क हाँस्‍न सकौं।

  • 9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।

  • 17तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् ।”

  • 11म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ ।

  • 10यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।

  • 10मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्‍काले म विह्‍वल भएको छु ।

  • अय्यू 42:3-4
    2 पदहरू
    72%

    3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

    4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • 20म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्‍नुपर्छ र? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्‍ने इच्‍छा गर्छ र?

  • 19तपाईंले आफ्‍ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्‍नो थुक निल्न मलाई तपाईंले कहिले एक्‍लै छोड्नुहुन्‍छ?

  • 15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।

  • 21हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् ।

  • अय्यू 10:13-14
    2 पदहरू
    71%

    13तापनि यी कुरा तपाईंले आफ्नै हृदयमा लुकाउनुभयो । तपाईंले यस्तो सोच्दै हुनुहुन्थ्यो भनी म जान्‍दछुः

    14मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।

  • 1¶ हे परमेश्‍वर, मेरो प्रार्थनामा कान थाप्‍नुहोस् । मेरो बिन्‍तीबाट आफूलाई नलुकाउनुहोस् ।

  • 16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • 1¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?

  • 13तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्‍य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।

  • 14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।

  • 33आफ्‍नो दोषलाई आफ्‍नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्‍ना पापहरू लुकाएको भए,

  • 19देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् ।

  • 5तपाईंहरू तिन जनाले ठिक बोल्‍नुहुन्‍छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्‍यु नभएसम्म म आफ्‍नो निष्ठालाई कदापि इन्कार गर्ने छैनँ ।

  • 20तर परप्रभुले भन्‍नुभयो, “तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”

  • 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 3यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।

  • 12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।

  • 11हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।