अय्यूब 32:6

अनलक शाब्दिक बाइबल

तब बुजी बारकेलका छोरा एलीहू बोले र यसो भने, “म जवान छु, र तपाईंहरू निकै पाका हुनुहुन्छ । त्यसैले म चुप लागें, र मेरो विचार तपाईंहरूलाई भन्‍ने आँट गरिनँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 15:10 : 10 कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
  • १ तिमो 5:1 : 1 ¶ वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्‍झाऊ ।
  • १ पत्रु 5:5 : 5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
  • तीत 2:6 : 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।
  • रोमी 13:7 : 7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर ।
  • लैव्य 19:32 : 32 फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।
  • १ शमू 17:28-30 : 28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।” 29 दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्‍न मात्र थिएन?” 30 ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए ।
  • अय्यू 15:7 : 7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 7मैले भनें, “बुढा-पाकाले बोल्नुपर्छ । धेरै वर्ष बिताएकाहरूले बुद्धि सिकाउनुपर्छ ।

  • अय्यू 32:1-5
    5 पदहरू
    79%

    1¶ त्‍यसैले यी तिन जना मानिसले अय्यूबलाई जवाफ दिन छाडे किनभने आफ्‍नो दृष्‍टिमा तिनले आफूलाई धर्मी ठहराए ।

    2त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए ।

    3तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।

    4अरू मानिसहरू एलीहूभन्दा उमेरमा पाका भएका हुनाले तिनले अय्यूबसित बोल्‍नलाई पर्खिरहेका थिए ।

    5तापनि यी तिन जना मानिसका मुखमा एलीहूले जवाफ नदेखेपछि तिनलाई रिस उठ्यो ।

  • अय्यू 34:1-2
    2 पदहरू
    77%

    1¶ अझै एलीहूले निरन्‍तर बोले,

    2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

  • अय्यू 36:1-2
    2 पदहरू
    75%

    1¶ एलीहूले निरन्‍तर बोले र यसो भने,

    2“मलाई अरू थोरै समय बोल्न दिनुहोस्, र म तपाईंहरूलाई केही कुरा देखाउनेछु, किनकि परमेश्‍वरको समर्थनमा मैले अलिकति अरू भन्‍नुछ ।

  • अय्यू 32:9-14
    6 पदहरू
    74%

    9महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।

    10यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।’

    11हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।

    12वास्तवमा मैले ध्यान दिएर तपाईंहरूका कुरा सुनें, तर तपाईंहरूमध्ये एक जनाले पनि अय्यूबलाई विश्‍वस्त पार्न, अर्थात् तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन ।

    13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।

    14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।

  • 1¶ अझै एलीहूले निरन्‍तर यसो भनिरहे,

  • 17अहँ, म पनि आफ्‍नो तर्फबाट जवाफ दिनेछु । म पनि तिनीहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।

  • 1¶ तब बिल्दाद शुहीले जवाफ दिए र भने,

  • 32किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।

  • अय्यू 42:3-4
    2 पदहरू
    70%

    3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

    4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • 3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।

  • 1¶ तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,

  • 1¶ तब बिल्दद शुहीले जवाफ दिए र भने,

  • अय्यू 4:1-2
    2 पदहरू
    69%

    1¶ तब एलीपज तेमानीले जवाफ दिए र भने,

    2“कसैलाई तपाईंसित कुरा गर्ने प्रयास गर्‍यो भने के तपाईं अधैर्य बन्‍नुहुन्छ? तर कसले आफैलाई बोल्नबाट रोक्‍न सक्छ?

  • 1¶ तब एलीपज तेमानीले जवाफ दिए र यसो भने,

  • 34(किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो, जसको कारणले म चुप लागें र बाहिर गइनँ), तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।

  • 1¶ तब एलीपज तेमानीले जवाफ दिए र भने,

  • 3तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?

  • 15“म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।

  • अय्यू 33:31-32
    2 पदहरू
    68%

    31हे अय्यूब, ध्यान दिनुहोस्, र मेरो कुरा सुन्‍नुहोस् । चुप लाग्‍नुहोस्, र म बोल्नेछु ।

    32तपाईंसित भन्‍नुपर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस् । बोल्नुहोस्, किनकि तपाईं ठिक हुनुहुन्छ भनी म प्रमाणित गर्न चाहान्‍छु ।

  • 14कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र?

  • 1¶ अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 3तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने,

  • 8जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्‍ति खडा हुन्थे र उभिन्थे ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 10कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।

  • अय्यू 38:2-3
    2 पदहरू
    68%

    2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

    3अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ ।

  • 5तपाईं सक्‍नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस् ।

  • 7परमप्रभुले अय्यूबसित यी वचनहरू बोल्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “तँ र तेरा दुई जना मित्रको विरुद्धमा मेरो क्रोध दन्किएको छ, किनकि मेरो दास अय्यूबले झैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 6मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।”

  • 1¶ तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 34सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,