अय्यूब 37:13

अनलक शाब्दिक बाइबल

उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिले-कहीं सुधारको लागि यस्‍तो हुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्‍वस्तताको कामको रूपमा हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 18:45 : 45 केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो । आहाब रथमा चढेर यिजरेलमा गए,
  • १ शमू 12:18-19 : 18 त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो । 19 तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।
  • अय्यू 38:26-27 : 26 कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई, 27 सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?
  • एज्रा 10:9 : 9 त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे ।
  • अय्यू 36:31 : 31 यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।
  • अय्यू 37:6 : 6 किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
  • अय्यू 38:37-38 : 37 कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ, 38 जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?
  • यो 2:23 : 23 ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।
  • २ शमू 21:10 : 10 अय्याकी छोरी रिश्‍पाले भाङ्ग्रा लिइन् र ती लाशहरूको छेउमा आफ्‍नो निम्‍ति त्‍यो ओछ्‍याएर कटनीको सुरुदेखि आकाशबाट तिनीहरूमाथि पानी नपरेसम्म नै बसिराखिन् । तिनले ती लाशहरूलाई दिनमा आकाशमा उड्ने चराहरूलाई र रातमा जङ्‍गली पशुहरूलाई खान दिइनन् ।
  • २ शमू 21:14 : 14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे । राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे । त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो ।
  • निर्ग 9:18-25 : 18 सुन्! भोलि यसै बेलातिर म निकै शक्तिशाली असिना बर्साउनेछु जुन मिश्र सुरु भएदेखि आजको दिनसम्म बर्सिएको छैन । 19 अब मानिसहरू पठाएर तेरा खेतहरूमा भएका तेरा गाईवस्तु र हरेक जे-जति छन् तिनलाई सुरक्षित स्थानमा जम्मा गर् । खेतमा भएका र घरमा नल्याइएका हरेक मानिस र पशुमाथि असिना बर्सनेछ र तिनीहरू मर्नेछन् ।” 20 परमप्रभुको सन्देशमा विश्‍वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे । 21 तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए । 22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशमाथि पसार् ताकि मिश्र देशमा असिना बर्सोस् । ती मिश्र देशभरिका मानिसहरू, पशुहरू खेतमा भएका सबै बोट-बिरुवामा बर्सून् ।” 23 मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे र परमप्रभुले जमिनमा गर्जन, असिना र बिजुली पठाइदिनुभयो । उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो । बिजुलीसँगै असिना मिसिएर आएको थियो । 24 यो यति डरलाग्दो थियो कि मिश्र राज्य भएदेखि त्यस देशमा यस्तो कहिल्यै भएको थिएन । 25 मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्‍यो । यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 37:11-12
    2 पदहरू
    81%

    11वास्तवमा बाक्‍लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ ।

    12उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।

  • भजन 135:6-7
    2 पदहरू
    75%

    6परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्‍यही गर्नुहुन्छ ।

    7उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ ।

  • 3उहाँले त्‍यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्‍म आफ्नो बिजुली पठाउनुहुन्छ ।

  • अय्यू 37:14-15
    2 पदहरू
    73%

    14हे अय्यूब, यो कुरा सुन्‍नुहोस् । रोक्‍नुहोस् र परमेश्‍वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् ।

    15परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ?

  • 6किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'

  • विलाप 3:32-33
    2 पदहरू
    72%

    32तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।

    33किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।

  • 15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।

  • विलाप 3:37-38
    2 पदहरू
    71%

    37परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?

    38के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?

  • 27किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ, आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,

  • 13उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।

  • अय्यू 5:17-18
    2 पदहरू
    71%

    17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।

    18किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ, र पट्टी बाँध्‍नुहुन्छ । उहाँले चोट पुर्‍याउनुहुन्छ र आफ्‍नै हातले निको पार्नुहुन्‍छ ।

  • 16उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।

  • 29जब उहाँ चुप लाग्‍नुहुन्‍छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्‍छ भने कसले उहाँलाई भेट्‍न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,

  • 22उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।

  • अय्यू 23:13-14
    2 पदहरू
    70%

    13तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।

    14किनकि मेरो विरुद्धमा भएको उहाँको आदेशलाई उहाँले पूरा गर्नुहुन्छ । त्‍यस्ता कुराहरू त्‍यहाँ धेरै छन् ।

  • 12किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।

  • 18उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।

  • 25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

  • 13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?

  • अय्यू 38:25-27
    3 पदहरू
    69%

    25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,

    26कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई,

    27सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?

  • 5उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्‍वस्‍तताले पूर्ण छ ।

  • 10उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।

  • अय्यू 36:31-32
    2 पदहरू
    69%

    31यसरी उहाँले मानिसहरूको इन्साफ गर्नुहुन्छ, र प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ ।

    32उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।

  • 11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।

  • 24हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ ।

  • 10उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र?

  • 13जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?

  • 26उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।

  • 1¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।

  • 10उहाँको निर्देशन सुन्‍नलाई उहाँले तिनीहरूका कान खुल्‍ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ ।

  • 15उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।

  • 12उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'

  • 3तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।

  • 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।

  • 14उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।

  • 9किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।

  • 11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।

  • 3त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।

  • 26त्यसको परमेश्‍वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमनीसाथ सिकाउनुहुन्छ ।

  • 29यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति हसल र बुद्धिमा उत्कृष्‍ट हुनुहुन्छ । ‍