अय्यूब 41:17
ती एक-अर्कामा टाँसिएका हुन्छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
ती एक-अर्कामा टाँसिएका हुन्छन् । छुट्ट्याउनै नसकिने गरी ती एकसाथ टाँसिन्छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15तिनका ढाडका छालाहरू ढालका लहरहरूझैं, एउटा बन्द छापझैं एकसाथ जोडिएका हुन्छन् ।
16एक अर्कोमा यसरी टाँसिन्छन्, जसको बिचबाट हावा पनि छिर्न सक्दैन ।
22त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।
23त्यसका छालाका पत्रहरू एकसाथ टाँसिन्छन् । उसमा ती यति कडा हुन्छन् । ती पल्टाउन सकिंदैन ।
17ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् ।
9एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।
10एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ । तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ ।
11दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने?
12एक जनालाई जित्न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन ।
18त्यसले हाच्छीं गर्दा बाहिर झिल्काहरू निस्कन्छन् । त्यसका आँखा बिहानको पलकजस्तै छन् ।
8र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।
9त्यसकारण, जसलाई परमेश्वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”
5अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
6यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्ट्याओस् ।”
38जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?
17प्रभुसित जोडिने व्यक्ति उहाँसँग आत्मामा एउटै हुन्छ ।
29ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।
9एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्थ्यो ।
17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
17तिनीहरूका कान छन्, तर तिनीहरूले सुन्दैनन्, न त तिनीहरूका मुखमा सास नै छ ।
24यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।
31बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्नेछन् र कसैले पनि ती निभाउनेछैन ।”
6हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ ।'
7त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
4तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।
3सहमत नभएसम्म दुई जना सँगै हिंड्छन् र?
43जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन ।
24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
10बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।
14छाप मुनिको माटोको आकार बदलिएझैं स्वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् ।
8तब जङ्गली जनावरहरू लुक्ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् ।
3पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्नू ।
21तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।
8तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्झिए भने,
5तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
8न त एउटाले अर्कालाई धक्का दिन्छन् । तिनीहरू प्रत्येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्दै अघि बढ्छन्, र आफ्नो लाइनभन्दा बाहिर पुग्दैनन् ।
18पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए ।
4किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्छन् ।
18किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
1¶ हेर, दाजुभाइका निम्ति एकसाथ मिलेर बस्नु कति असल र सुखद कुरा हो ।
6तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।
7ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।
8उहाँले पानीलाई आफ्नो बाक्लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।
17ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
21तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् ।
22किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
9तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्नुभएको छ, जुन तिनीहरूले नाघ्ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्नेछैनन् ।
2के त्यसको नाकमा तैंले डोरी लगाउन सक्छस्? एउटा बल्छीले त्यसको बङ्गारा छेड्न सक्छस्?
20यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ ।
13तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।