योएल 1:2
ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
4बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्याङ्ग्राले खाएका छन्, र फट्याङ्ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन् ।
1¶ पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
7प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ ।
1¶ हे परमेश्वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।
16तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छः
17‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् ।
4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”
5तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?
1¶ सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।
2यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्छ, त्यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्यस्तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्यहाँ त्यस्तो फेरि कहिल्यै हुनेछैन ।
4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
5परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
3हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।
1¶ यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
2ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।
32अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।
31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?
1¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः
2सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।
2ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,
28केही समयपछि सबै मानिसमाथि, म आफ्नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्नेछन् ।
2“परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!
9त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।
10किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।
1¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
6उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्मेका छोराछोरी, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्ताहरूलाई ती भन्नुपर्छ ।
8कृपया पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्नो ध्यान लगाउनुहोस् ।
1¶ ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्वस्तता, परमप्रभुको ज्ञान छैन ।
1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
2“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।
14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर । परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ ।
12यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।
20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,
1¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्यसलाई भर्ने सबैले, संसार र त्यसबाट आएका सबै थोकले सुन्नुपर्छ ।
13यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्जेलसम्म यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिकून् ।”
2आज्ञा लागु हुनुभन्दा अगि र भुसझैँ त्यो दिन बितिजानभन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।
10त्यस पुस्ताका सबै जना आफ्ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो ।
17पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्ना मानिसहरू बाँकी राख्नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्नू, ‘तिनीहरूका परमेश्वर कहाँ छ?’”
2“इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
1¶ तकोका गोठालामध्ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्त गरे ।
15सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।
10तब तैंले यी सबै वचन यी मानिसलाई भन्नेछस्, र तिनीहरूले तँलाई भन्नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'
23तिमीहरूमध्ये कसले यो सुन्नेछ? भविष्यमा कसले सुन्नेछ र ध्यान दिनेछ?
10के यस्तो कुनै कुरो छ जसको विषयमा 'हेर्, यो त नयाँ छ' भन्न सकिन्छ? जे अस्तित्वमा छ, त्यो लामो समयदेखि अस्तित्वमा रहिआएको छ, हामीभन्दा धेरै पहिले देखि रहँदै आएको छ ।
7तापनि तिमीले सुन्ने गरी अनि सबै मानिसले सुन्ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।
7तिमीहरू आफ्ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्तै नहोओ, जसले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो, जुन तिमीहरूले देख्छौ ।
20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?
2यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।