योएल 2:23

अनलक शाब्दिक बाइबल

ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 26:4 : 4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।
  • यशा 12:2-6 : 2 हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्‍ति हुनुभएको छ ।” 3 आनन्दसाथ तिमीहरूले मुक्‍तिको इनारहरूबाट पानी तान्‍नेछौ । 4 त्यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ । 5 परमप्रभुको निम्ति गीत गाओ, किनकि उहाँले महिमित कुराहरू गर्नुभएको छ । यसलाई सारा पृथ्वीभरि प्रकट गरियोस् । 6 ए सियोनका बासिन्दाहरू हो, उच्‍च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
  • व्यव 11:14 : 14 म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।
  • हो 6:3 : 3 हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”
  • भजन 149:2 : 2 इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्‍दित होस् । सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन् ।
  • यशा 41:16 : 16 तैंले तिनीहरूलाई निफन्‍नेछस् र हावाले तिनीहरूलाई उडाएर लानेछ । हावाले तिनीहरूलाई तितरबितर पार्नेछ । तँ परमप्रभुमा रमाउनेछस्, इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस् ।
  • हब 3:17-18 : 17 अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु । 18 म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु ।
  • सप 3:14-17 : 14 ए सियोनकी छोरी, गा! इस्राएल, उच्‍च सोरमा करा । यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर् । 15 परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको छ, तेरा शत्रुहरूलाई धपाइदिनुभएको छ । तेरो बिचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्छ । अबदेखि उसो तैँले दुष्‍टको भय मान्‍नेछैनस् । 16 त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “ए सियोन, नडरा । तेरा हात कमजोर हुन नदे । 17 परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।
  • जक 10:1 : 1 ¶ वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।
  • जक 10:7 : 7 अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!
  • यो 2:28-29 : 28 केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् । 29 साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्‍नो आत्माबाट खन्याउनेछु ।
  • यशा 30:23 : 23 तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।
  • फिलि 3:1 : 1 ¶ अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्‍नेछन् ।
  • फिलि 3:3 : 3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
  • फिलि 4:4 : 4 प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।
  • व्यव 32:2 : 2 मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।
  • अय्यू 33:23 : 23 तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन, उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्,
  • भजन 28:7 : 7 परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
  • भजन 32:11-33:1 : 11 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ । 1 ¶ ए धर्मीहरू हो, परमप्रभुमा आनन्‍दित होओ । सोझाहरूले प्रशंसा गर्न सुहाउँछ ।
  • व्यव 28:12 : 12 ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।
  • भजन 95:1-3 : 1 ¶ आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं । 2 उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं । 3 किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।
  • भजन 104:34 : 34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्‍दित हुनेछु ।
  • यशा 61:10 : 10 परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।
  • यिर्मि 3:3 : 3 त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् ।
  • यिर्मि 5:24 : 24 किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन्, “हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौं जसले वर्षा ल्‍याउनुहुन्‍छ, हामीले खेति गर्नुपर्ने हप्‍ताहरूमा, ठिक समयमा अगिल्लो र पछिल्लो वर्षा दिनुहुन्‍छ।”
  • यशा 30:21 : 21 जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
  • याक 5:7-8 : 7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ । 8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
  • लू 1:46-47 : 46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ । 47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
  • गलाती 4:26-27 : 26 तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् । 27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
  • जक 9:9 : 9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
  • आमो 4:7 : 7 फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो ।
  • नीति 16:15 : 15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
  • विलाप 4:2 : 2 सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।
  • भजन 72:6-7 : 6 काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् । 7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
  • जक 9:13 : 13 किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु!”
  • एफिसी 4:8-9 : 8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो? 10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो । 11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 11:14-15
    2 पदहरू
    80%

    14म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक ।

    15म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्‍त हुने छौ ।

  • यो 2:24-25
    2 पदहरू
    78%

    24खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।

    25“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।

  • 1¶ वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।

  • 24किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन्, “हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौं जसले वर्षा ल्‍याउनुहुन्‍छ, हामीले खेति गर्नुपर्ने हप्‍ताहरूमा, ठिक समयमा अगिल्लो र पछिल्लो वर्षा दिनुहुन्‍छ।”

  • यो 2:21-22
    2 पदहरू
    74%

    21ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।

    22ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।

  • 23तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।

  • लैव्य 26:4-5
    2 पदहरू
    73%

    4म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।

    5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

  • हो 6:3-4
    2 पदहरू
    72%

    3हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”

    4ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।

  • 12आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर । आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।

  • 7फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो ।

  • 26तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।

  • 17किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले बतास देख्‍नेछैनौ, न त वर्षा देख्‍नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।'

  • 22के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।

  • 6काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 12किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।

  • 10किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्,

  • 10तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।

  • 18त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।

  • 2मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।

  • 11हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो ।

  • 10यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।

  • 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।

  • 7किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ ।

  • 12ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।

  • 27सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?

  • 10“सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • 41एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।”

  • 4त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।

  • 6किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'

  • 17ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन ।

  • 28जसलाई बादलहरूले तल खन्‍याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।

  • 10उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।

  • 2त्‍यो प्रशस्‍त गरी फुल्नेछ आनन्द र गीतले रमाउनेछ । लेबनानको गौरव, कार्मेलको र शारोनको प्रताप यसलाई दिइनेछ । तिनीहरूले परमप्रभुको महिमा, हाम्रा परमेश्‍वरको वैभव देख्‍नेछन् ।

  • 23तिनीहरूले वृष्‍टिको प्रतीक्षा गरेझैं सधैँ तिनीहरूले मेरो प्रतीक्षा गर्थे । तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, मेरा वचनहरू पिउनलाई आफ्‍ना मुख खुला गर्थे ।

  • 19परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।

  • 11तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ ।

  • 1¶ धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।”

  • 17अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ ।

  • 14ए सियोनकी छोरी, गा! इस्राएल, उच्‍च सोरमा करा । यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर् ।

  • 9परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ ।

  • 3आनन्दसाथ तिमीहरूले मुक्‍तिको इनारहरूबाट पानी तान्‍नेछौ ।

  • 9हे परमेश्‍वर, तपाईंले प्रशस्‍त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो ।

  • 16तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।

  • 29तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।