भजनसंग्रह 72:6

अनलक शाब्दिक बाइबल

काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 32:2 : 2 मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।
  • हो 6:3 : 3 हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”
  • २ शमू 23:4 : 4 त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।
  • भजन 65:10 : 10 तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।
  • नीति 16:15 : 15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
  • नीति 19:12 : 12 राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ ।
  • यशा 5:6 : 6 म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।
  • यशा 14:3-5 : 3 त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ, 4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो! 5 परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ,
  • यहे 34:23-26 : 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु । 25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् । 26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।
  • हो 14:5-7 : 5 इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ । 6 त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ । 7 त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 72:7-8
    2 पदहरू
    80%

    7उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।

    8उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।

  • 4त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।

  • 2मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।

  • 10किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्,

  • 16देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।

  • अय्यू 36:27-28
    2 पदहरू
    74%

    27किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ, आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,

    28जसलाई बादलहरूले तल खन्‍याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।

  • 2किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।

  • 26तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।

  • 6किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'

  • 8उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।

  • 5सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।

  • 6तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,

  • 23तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।

  • 7किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ ।

  • 3हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”

  • हो 14:5-6
    2 पदहरू
    72%

    5इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।

    6त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।

  • 1¶ वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।

  • 4तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।

  • भजन 104:13-14
    2 पदहरू
    72%

    13आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।

    14उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।

  • 5हे परमप्रभु, आकाशलाई खोल्‍नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्‍नुहोस् ।

  • 7याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।

  • 10तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।

  • 11सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।

  • 6तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।

  • 12उजाडस्‍थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन् ।

  • 27सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?

  • 4परमप्रभुले मलाई यसो भन्‍नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्‍नो घरबाट शान्त भएर हेर्नेछु ।

  • 3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।

  • 24परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ ।

  • 23ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।

  • 7यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्‍चय नै मानवहरू घाँसै हुन् ।

  • 6उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।

  • 5र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।

  • 7जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।

  • 3त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्‍नो ऋतुमा त्‍यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।

  • भजन 90:5-6
    2 पदहरू
    70%

    5तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ।

    6बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

  • 10उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।

  • 3यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्‌— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।

  • 19तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पुर्ण रूपमा निर्मूल पारिए पनि,

  • 3पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।

  • 9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।

  • 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।

  • 9उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो ।

  • 10उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो ।

  • 8त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्‍दैन ।