यूहन्ना 2:9
मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
मुख्य व्यक्तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्नुहुन्छ, त्यही गर” ।
6त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
7येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
8तब उहाँले नोकरहरूलाई भन्नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
10र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
11गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्वास गरे ।
1¶ तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
3जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
46अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए ।
47जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे ।
1¶ अब जब यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्थ्यो र बप्तिस्मा दिँदै हुनुहुन्थ्यो भनी फरिसीहरूले सुने भन्ने उहाँले थाहा गर्नुभयो,
2(यद्यपि येशू आफैँले बप्तिस्मा दिँदै हुनुहुन्नथ्यो, तर उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए)
37साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्ट हुनेछ ।
38तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्नुपर्छ ।
39पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”
7सुनका कचौराहरूमा दाखमद्य बाँडियो । प्रत्येक कचौरा विशिष्ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो ।
8“जबरजस्ती गरिनुहुँदैन” भन्ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।
7जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्नुभयो ।
29दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
37चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्तिस्मा दिनुभयो ।
34येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्छन् र?”
10येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि तिमीले परमेश्वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।
22कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”
19येशूले तिनीहरूलाई भन्नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्न सक्दैनन् ।
8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
17न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्छन् ।”
1¶ बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए ।
26तिनीहरू यूहन्नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्तिले बप्तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
31म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ ।”
25साँच्चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ ।
13येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “हरेक जसले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
14तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।”
29तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
1¶ दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
18किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”
33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
54येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न थियो ।
9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”
10उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ ।
5त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
15येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्नेछन् ।