यहोशू 21:44

अनलक शाब्दिक बाइबल

त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 11:23 : 23 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।
  • यहो 22:4 : 4 अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ । यसकारण, फर्क र तिमीहरूको आफ्नै भूमिमा जाओ, जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन् ।
  • यहो 22:9 : 9 त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।
  • इब्रा 4:9 : 9 यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
  • निर्ग 23:31 : 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
  • व्यव 7:22-24 : 22 परमप्रभु परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुने छ । तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्ने छैनौ नत्रता जङ्गली जनावरहरू तिमीहरूका बिचमा धेरै हुने छन् । 23 तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ । 24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।
  • व्यव 31:3-5 : 3 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् । 4 परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ । 5 तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।
  • यहो 1:13 : 13 “परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।'
  • यहो 1:15 : 15 तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 43यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।

  • 45परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।

  • 23त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।

  • 8परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन् ।

  • 56परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन ।

  • 4अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ । यसकारण, फर्क र तिमीहरूको आफ्नै भूमिमा जाओ, जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन् ।

  • व्यव 12:9-10
    2 पदहरू
    72%

    9किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ ।

    10तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक ।

  • यहो 1:13-15
    3 पदहरू
    72%

    13“परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।'

    14तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।

    15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

  • 18“परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ ।

  • 9किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।

  • 1¶ परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।

  • २ इति 20:29-30
    2 पदहरू
    71%

    29परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो ।

    30यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।

  • 31यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।

  • 21तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।

  • 24तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”

  • 20परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र परमप्रभुले तिमीहरूलाई दिनुहुने यर्दनपारिको भूमि तिमीहरूलाई अधिकार गर्न नदिनुभएसम्म तिमीहरूले यसो गर्नू । तब मैले तिमीहरूलाई अधिकारमा दिएको देशमा तिमीहरू हरेक फर्केर आउने छौ ।'

  • 24उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।

  • व्यव 31:4-5
    2 पदहरू
    69%

    4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।

    5तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।

  • 24त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।

  • 8परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।

  • 25कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।

  • 42यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।

  • 19अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।

  • 11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।

  • 12तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।

  • 4तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।

  • 39तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”

  • 11त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ ।

  • 30यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।

  • 21त्यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।

  • 36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।

  • 6मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।

  • 15जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।

  • 25अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”

  • 15त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।

  • 22त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो ।

  • 1¶ यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।

  • 6तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।