यहोशू 21:5

अनलक शाब्दिक बाइबल

बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 21:20-26 : 20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए । 21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर, 22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो । 23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन, 24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो । 25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो । 26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
  • १ इति 6:18-19 : 18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
  • १ इति 6:61 : 61 कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
  • १ इति 6:66-70 : 66 कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए । 67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित, 68 खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन, 69 खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो । 70 मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
  • उत्प 46:11 : 11 लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।
  • निर्ग 6:16-25 : 16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे । 17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए । 18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे । 19 मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए । 20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे । 21 यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए । 22 उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए । 23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् । 24 कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए । 25 हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
  • गिन 3:27 : 27 यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 21:19-23
    5 पदहरू
    88%

    19हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।

    20बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।

    21तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,

    22यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।

    23दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन,

  • १ इति 6:60-66
    7 पदहरू
    86%

    60अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।

    61कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।

    62गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।

    63मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।

    64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।

    65माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।

    66कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।

  • यहो 21:3-4
    2 पदहरू
    85%

    3त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए ।

    4कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।

  • यहो 21:25-27
    3 पदहरू
    84%

    25मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो ।

    26तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।

    27मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।

  • यहो 21:6-10
    5 पदहरू
    82%

    6त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्‍तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।

    7मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।

    8त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।

    9यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।

    10यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्‍यो ।

  • यहो 14:2-4
    3 पदहरू
    75%

    2जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।

    3किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।

    4वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।

  • 2यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।

  • यहो 21:40-42
    3 पदहरू
    74%

    40यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।

    41लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।

    42यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।

  • 9मनश्शेको कुलको उत्तराधिकारभित्र एफ्राइमको कुललाई चुनिएका सहरहरूसँगै तिनीहरूका गाउँहरूसहित सबै सहर थिए ।

  • 70मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।

  • यहो 21:31-35
    5 पदहरू
    72%

    31यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।

    32नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।

    33गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।

    34बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह,

    35यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।

  • 40सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो ।

  • 37यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।

  • 54हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।

  • 24पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्‍यो ।

  • 16यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।

  • यहो 19:31-32
    2 पदहरू
    70%

    31तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो ।

    32छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो ।

  • 21बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस,

  • 48कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।

  • 11कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।

  • 8इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।

  • 5गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,

  • 29मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो ।

  • 21कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे ।