यहोशू 22:13

अनलक शाब्दिक बाइबल

त्यसपछि इस्राएलका मानिसहरूले गिलादको भूमिमा रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलकहाँ समाचारवाहकहरू पठाए । तिनीहरूले एलाजारका छोरा पुजारी पीनहास,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 25:7 : 7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।
  • न्या 20:28 : 28 र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
  • निर्ग 6:25 : 25 हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
  • भजन 106:30-31 : 30 तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो । 31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो ।
  • नीति 20:18 : 18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
  • नीति 25:9-9 : 9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् । 10 नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन । 11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् । 12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो । 13 कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
  • मत्त 18:15 : 15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ ।
  • गिन 25:11-13 : 11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ । 12 यसकारण परमप्रभु भन्‍नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु । 13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्‍तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्‍वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
  • व्यव 13:14 : 14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।
  • न्या 20:12 : 12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 22:30-33
    4 पदहरू
    84%

    30जब पुजारी पीनहास र मानिसहरूका अगुवाहरू अर्थात् तिनीसँग भएका इस्राएलका कुलहरूका प्रमुखहरूले रूबेन, गाद र मनश्शेका मानिसहरूको कुरा सुने । यो तिनीहरूलाई नजरमा असल लाग्यो ।

    31एलाजारका छोरा पुजारी पीनहासले रूबेन, गाद र मनश्शेका मानिसहरूलाई भने, “आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ, किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ । अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ ।”

    32त्यसपछि एलाजारका छोरा पीनहास र अगुवाहरू रूबेनीहरू, गादीहरूको गिलादको मुलुकबाट कनानको भू-भागमा इस्राएलका मानिसहरूकहाँ फर्के र तिनीहरूलाई यो समाचार ल्याए । तिनीहरूको प्रतिवेदन इस्राएलका मानिसहरूको नजरमा असल थियो ।

    33इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।

  • यहो 22:14-16
    3 पदहरू
    80%

    14र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।

    15तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,

    16“परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको?

  • यहो 22:9-12
    4 पदहरू
    78%

    9त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।

    10जब तिनीहरू कनानको भूमि यर्दनमा आए, रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूले यर्दन नजिकै निकै ठुलो र सजिलै देखिने वेदी बनाए ।

    11इस्राएलका मानिसहरूले यो सुने र भने, “हेर, रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूले इस्राएलका मानिसहरूको अधीनमा पर्ने यर्दन नजिकको प्रदेशको गलिलोथको कनानको भूमिको सामुन्‍ने वेदी निर्माण गरेका छन् ।”

    12जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।

  • 21त्यसपछि रूबेन, गाद, र मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए,

  • गिन 32:1-2
    2 पदहरू
    76%

    1¶ रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो ।

    2त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,

  • 12रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।

  • 1¶ त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।

  • 28र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”

  • गिन 32:28-29
    2 पदहरू
    73%

    28त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।

    29मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।

  • गिन 31:5-6
    2 पदहरू
    73%

    5त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।

    6त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ

  • 12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,

  • गिन 25:7-8
    2 पदहरू
    72%

    7जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।

    8तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।

  • 42युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा

  • 14रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।

  • 11“पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।

  • 6मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने?

  • 1¶ त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।

  • 3त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,

  • गिन 13:2-3
    2 पदहरू
    69%

    2“केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”

    3मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।

  • 13सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए ।

  • 1¶ त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि

  • 20पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो ।

  • 7तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”

  • 12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?

  • 23नप्‍ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।

  • 25गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् ।

  • 26“मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई

  • 14त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।

  • 5तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।

  • यहो 13:7-8
    2 पदहरू
    67%

    7यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।”

    8मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको

  • 14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।

  • 8हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।

  • 12त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ ।

  • 16रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ ।

  • 6परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।

  • 30साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”