यहोशू 22:17

अनलक शाब्दिक बाइबल

के पोरको हाम्रो पाप पर्याप्‍त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 25:1-9 : 1 ¶ इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्‍त्रीहरूसँग व्यभिचार गर्न थाले, 2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए । 3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । 4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् । 5 त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।” 6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो । 7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए । 8 तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो । 9 त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो । 10 परमप्रभुले मोशालाई भन्‍नुभयो, 11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ । 12 यसकारण परमप्रभु भन्‍नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु । 13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्‍तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्‍वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको 14 इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो । 15 त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो । 16 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो, 17 “मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्, 18 किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्‍टतातिर लगे ।
  • व्यव 4:3-4 : 3 बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बिचबाट नष्‍ट पारिदिनुभयो । 4 तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित छ ।
  • भजन 106:28-29 : 28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए । 29 तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।
  • १ कोरि 10:8 : 8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
  • १ कोरि 10:11 : 11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ ।
  • एज्रा 9:13-14 : 13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ, 14 हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।

  • यहो 22:18-20
    3 पदहरू
    78%

    18के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ ।

    19यदि तिमीहरूको अधीनमा भएको भूमि अशुद्ध छ भने, तिमीहरू परमप्रभुको पवित्र वासस्थान खडा भएको भूमिमा नै तरेर आउनुपर्छ र हाम्रो माझमा नै भाग लिन आउनुपर्छ । परमप्रभुको विरुद्ध विद्रोह मात्र नगर, न त परमप्रभुको वेदीबाहेक अन्य वेदी निर्माण गरेर हाम्रो विरुद्धमा विद्रोह गर ।

    20के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।”

  • 18किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्‍टतातिर लगे ।

  • 3बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बिचबाट नष्‍ट पारिदिनुभयो ।

  • 16“परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको?

  • 17किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्‍ने आआफ्‍नो थुमा अर्पण नगरेकाहरू सबैका निम्‍ति लेवीहरूले निस्‍तार-चाडका थुमाहरू मारे ।

  • गिन 25:5-6
    2 पदहरू
    71%

    5त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।”

    6अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।

  • 26तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”

  • 31एलाजारका छोरा पुजारी पीनहासले रूबेन, गाद र मनश्शेका मानिसहरूलाई भने, “आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ, किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ । अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ ।”

  • 7ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ?”

  • 3इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।

  • 14हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र?

  • 33मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।

  • 7हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।

  • गिन 16:20-22
    3 पदहरू
    70%

    20परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,

    21“यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”

    22मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”

  • गिन 25:8-10
    3 पदहरू
    70%

    8तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।

    9त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो ।

    10परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 29हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्‍वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्‍नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस्' ।”

  • 1¶ विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,

  • 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

  • 15अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।

  • 8तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।

  • 29त्यसैले हामी बेथ-पोरको सामुन्‍नेको बेँसीमा बस्यौँ ।

  • 11हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।

  • 22आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् ।

  • 17“तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?

  • 4परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?

  • 25त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 41तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

  • 51जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्‍वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्‍जत नगरेकोले तँमाथि यो आइपर्ने छ ।

  • 17जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र?

  • 13यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 7मानिसहरू मोशाकहाँ आएर भने, “हामीले पाप गरेका छौँ, किनभने हामीले परमप्रभु र तपाईंको विरुद्ध बोलेका छौँ । सर्पहरूलाई हामीबाट हटाउनलाई उहाँसँग बिन्ती गर्नुहोस् ।” यसैले मोशाले मानिसहरूका निम्ति प्रार्थना गरे ।

  • 46मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।

  • 22तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।

  • 9के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो?

  • 15इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”

  • 20तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।

  • 14तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।

  • 30भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।”

  • 20तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”

  • 16तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”

  • 23परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।