न्यायाधीश 10:3

अनलक शाब्दिक बाइबल

तिनी पछि गिलादी याईर आए । तिनले बाईस वर्षसम्म इस्राएलको न्याय गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 31:48 : 48 लाबानले भने, “आज यो थुप्रो तिमी र मेरो बिचमा गवाहीको रूपमा खडा छ । त्यसकारण यसको नाउँ गलेद राखियो ।
  • गिन 32:29 : 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 10:4-5
    2 पदहरू
    82%

    4तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।

    5याईर मरे र उनलाई कामोनमा दफन गरियो ।

  • न्या 10:1-2
    2 पदहरू
    80%

    1¶ अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए ।

    2तिनले तेईस वर्षसम्म इस्राएलको न्याय गरे । तिनी मरे र तिनलाई शामीरमा दफन गरियो ।

  • १ इति 2:22-23
    2 पदहरू
    78%

    22सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।

    23गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।

  • न्या 12:7-9
    3 पदहरू
    76%

    7यिप्‍ताले इस्राएलका न्यायकर्ता भएर छ वर्षसम्‍म सेवा गरे । तब गिलादी यिप्‍ता मरे र गिलादका सहरहरूमध्‍ये एउटा सहरमा दफन गरियो ।

    8तिनीपछि, बेथलेहेमका इब्सानले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।

    9तिनका तिस जना छोरा थिए । तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए । उनले सात वर्षसम्‍म इस्राएलको न्याय गरे ।

  • 20शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे ।

  • 41मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे ।

  • 11तिनीपछि जबूलूनी एलोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे । उनले दश वर्षसम्‍म इस्राएलको न्याय गरे ।

  • न्या 12:13-14
    2 पदहरू
    73%

    13तिनीपछि, पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।

    14उनका चालिस छोरा र तिस नातिहरू थिए । तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे, र तिनले इस्राएलमा आठ वर्षसम्‍म न्याय गरे ।

  • 14मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे । तिनले त्यस क्षेत्र र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात-याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ ।)

  • 22अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे ।

  • 1¶ यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे

  • 36येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।

  • 11यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।

  • 31तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए । तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे । शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए ।

  • 1¶ यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे ।

  • 1¶ परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।

  • न्या 11:39-40
    2 पदहरू
    67%

    39दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्‍म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,

    40कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्‍ताकी छोरीको कथालाई दोहोर्‍याउने गर्थे ।

  • 10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।

  • 51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

  • न्या 3:30-31
    2 पदहरू
    66%

    30यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।

    31एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।

  • 5जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।

  • 26याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।

  • 32यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।

  • 20यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।

  • १ शमू 7:15-16
    2 पदहरू
    66%

    15शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।

    16तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।

  • 28यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।

  • न्या 3:10-11
    2 पदहरू
    66%

    10परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।

    11देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो ।

  • 5यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।

  • 2तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए ।

  • 13रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए);

  • 23नापोत डोरका राजा, गिलगालको गयीमका राजा,

  • 1¶ योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।

  • 29तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।

  • 26जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन?