न्यायाधीश 19:11
तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्नो मालिकलाई भन्यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।”
तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्नो मालिकलाई भन्यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्नी लिए ।
2तर तिनकी उपपत्नी तिनीप्रति अविश्वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी ।
3त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए ।
4तिनका ससुरा, त्यस स्त्रीका बुबाले तिन दिन त्यहीं बस्न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।
5चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”
6त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्नुहोस् र रमाइलो गर्नुहोस् ।”
7जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्त्रीका बुबाले तिनलाई बस्नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए ।
8पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे ।
9जब ती लेवी, तिनकी उपपत्नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्नुहुन्छ ।”
10तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्नी तिनीसँगै थिई ।
12त्यसका मालिकले त्यसलाई भने, “हामी परदेशीहरूको सहरतर्फ जानेछैनौं जो इस्राएलका मानिसहरू होइनन् । हामी गिबामा जानेछौं ।”
13ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।”
14यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।
15तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।
16तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्ने मानिसहरू बेन्यामिनीहरू थिए ।
17तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”
18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।
19हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”
20ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”
21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।
22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”
23घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्ट काम नगर्नुहोस्!
24हेर्नुहोस्, मेरी कन्ये छोरी र तिनकी उपपत्नी यहीं छन् । म तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु । तिनीहरूलाई तपाईंहरूले जे इच्छा गर्नुहुन्छ, त्यही गर्नुहोस् । तर यी मानिसलाई त्यस्तो दुष्ट काम नगर्नुहोस् ।”
25तर ती मानिसहरूले तिनको कुरा सुनेनन्, यसैले त्यस मानिसले आफ्नी उपपत्नीलाई समाते र उसलाई बाहिर लगे । तिनीहरूले त्यसलाई बलात्कार गरे र रातभरी त्यसलाई दुर्व्यवहार गरे, र झिसमिसेमा त्यसलाई छोडिदिए ।
26झिसमिसेमा त्यो स्त्री आई र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही ।
27त्यसका मालिक बिहान उठे र घरका ढोकाहरू खोले र आफ्नो बाटो जानलाई हिंडे । तिनले आफ्नी उपपत्नीलाई आफ्नो हात पसारेर ढोकामा लडिरहेकी देखे ।
28ती लेवीले त्यसलाई भने, “उठ, जाऔं ।” तर केही जवाफ आएन । तिनले त्यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिंडे ।
29जब ती लेवी घर पुगे, तिनले एउटा छुरी लिए, र आफ्नी उपपत्नीलाई समाए र अङ्ग-अङ्ग गरी बाह्र टुक्रा गरी काटे र ती टुक्राहरूलाई इस्राएलभरी पठाए ।
2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ ।
3तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
4दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्यस देशका बसिन्दा यबूसीहरू त्यहाँ थिए ।
5यबूसका बसिन्दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्ला अर्थात् दाऊदको सहरलाई लिए ।
4त्यो मारिएकी स्त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।
5रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे र त्यो मरी ।
28तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
29तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
21तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।
6राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए । तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन ।”
5तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।”
10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्नेछन् ।”
11यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्यहाँ रोकिए, तिनी त्यो कोठामा बसे, र त्यहीँ विश्राम गरे ।
25उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।
5जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”
8ती मानिसले यहूदाको बेथलेहेमलाई छोडेर गए र बस्ने एउटा ठाउँ खोजे । तिनले यात्रा गर्दै जाँदा, तिनी एफ्राइमको पहाडी देशमा भएको मीकाको घरमा आए ।
22त्यस बेला मानिसहरूलाई मैले यो पनि भनेँ, “रातमा हाम्रा लागि पहरा दिन र दिनमा काम गर्न हरेक मानिस र त्यसको सेवकले यरूशलेमको बिचमा रात बिताओस् ।”
11त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्न लगायो । त्यो साँझपख स्त्रीहरू पानी भर्न आउने बेला थियो ।
9तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्काउनको निम्ति नजिक आए ।
8ती मानिसहरू राति सुत्नुअगि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् ।