न्यायाधीश 4:11
यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्तानबाट हेबेरले (केनीले) आफूलाई अलग्यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए ।
यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्तानबाट हेबेरले (केनीले) आफूलाई अलग्यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17तर सीसरा केनी हेबेरकी पत्नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो ।
18याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।
16मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्थानमा त्यहाँका मानिसहरूसँग बस्न गए, जुन नेगेवमा पर्छ ।
12अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्ने कुरा जब तिनीहरूले सीसरालाई भने,
13तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।
14दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।
19केनीहरू, कनज्जीहरू, कदोनीहरू,
29रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”
30तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”
11तिनीहरू ओबोतबाट गए र मोआबको पूर्वतिर पर्ने इये-अबारीमको मरुभूमिमा छाउनी लगाए ।
12तिनीहरू त्यहाँबाट यात्रा गरे र जेरेदको बेँसीमा छाउनी लगाए ।
10बाराकले जबूलून र नाप्तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।
35तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन-गेबेरमा छाउनी हाले ।
36तिनीहरू एस्योन-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
55अनि याबेसमा बस्ने शास्त्रीका वंशहरू तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्मतबाट आएका केनीहरू हुन्
16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
6शाऊलले केनीहरूलाई भने, “जाऊ, विदा होओ, अमालेकीहरूबाट बाहिर निस्की आओ, ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्ट गर्नेछैन । किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ ।” त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए ।
9माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;
10अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए);
21अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, “तिमीहरू बस्ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ ।
22तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्ट हुने छौ ।
24सबै स्त्रीहरूमा याएल धेरै आशिषित छिन्, याएल (केनी हेबेरकी पत्नी), पालहरूमा बस्ने सबै स्त्रीहरूमा तिनी धेरै आशिषित छिन् ।
16तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
17तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
5तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।
6तिनले नाप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्याऊ ।
1¶ त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
1¶ जब हासोरका राजा याबीनले यो सुने, उनले मादोनका राजा रोबाब, शिम्रोनका राजा र आक्षापका राजालाई समाचार पठाए ।
2उनले उत्तरी पहाडी देशमा, किन्नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्चिमतिरको नपोत डोरमा बस्ने राजाहरूलाई पनि समाचार पठाए ।
3उनले पूर्व र पश्चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।
17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
23केदेश, हासोर, यित्नान,
20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू ।”
33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।
35किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।
31बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्कीएल थिए ।
5मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्वरको पर्वतमा छाउनी हालेका थिए ।
8र कोस थिए । कोसचाहिं आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।
42नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।
2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्न एघार दिन लाग्छ ।
27हसरशूआल, बेर्शेबा र त्यसका गाउँहरू,
5यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
1¶ अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्वरको पर्वत होरेबसम्म लगे ।
29तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका,
6र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको एल-पारानसम्म आक्रमण गरे ।
2तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्ने उजाड-स्थानमा छाउनी हाले ।
14यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्वरलाई पूर्ण रूपमा पछ्याए ।
11त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।