विलापगीत 4:5

अनलक शाब्दिक बाइबल

मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • आमो 6:3-7 : 3 विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार । 4 तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् । 5 तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् । 6 तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् । 7 यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।
  • लू 7:25 : 25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् ।
  • लू 15:16 : 16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे ।
  • लू 16:19 : 19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।
  • १ तिमो 5:6 : 6 तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।
  • २ शमू 1:24 : 24 ए इस्राएलकी छोरीहरूको शाऊलको निम्ति रोओ जसले तिमीहरूलाई गरगहना साथै बैजनी रङ्को पहिरन पहिराइदिए र जसले तिमीहरूका लुगामा सुनका गहनाहरू लगाइदिए
  • अय्यू 24:8 : 8 तिनीहरू पहाडका झरीले भिजेका छन् । तिनीहरूका बासस्‍थान नभएको हुनाले तिनीहरू ठुला ढुङ्‍गाको छेउमा पल्टिन्छन् ।
  • नीति 31:21 : 21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
  • यशा 3:16-26 : 16 परमप्रभु भन्‍नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्‍चले आँखाले, हिंड्‍दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्‌छिन्‌ आवाज निकाल्दै हिंड्छन् । 17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ । 18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू, 19 कुण्डलहरू, बालाहरू, झुम्‍काहरू, 20 शिर ढाक्‍नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू, 21 औंठीहरू, नत्थहरू, 22 चाडका वस्‍त्रहरू, पछ्‍यौराहरू, घुम्‍टोहरू, हाते-ब्‍यागहरू, 23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ । 24 सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ । 25 तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् । 26 यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।
  • यशा 24:6-9 : 6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्‍वीका बासिन्दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् । 7 नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् । 8 खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्‍दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ । 9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्‍यो तीतो हुन्छ । 10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ । 11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ । 12 सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।
  • यशा 32:9-9 : 9 ए चैनमा बसेका स्‍त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्‍ता नभएका छोरीहरू, मेरो कुरा सुन । 10 किनकि ए चिन्‍ता नभएका स्‍त्रीहरू, एक वर्षभन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्‍मा गर्ने समय आउनेछैन । 11 ए चैनमा बस्‍ने स्‍त्रीहरू, थरथर होओ । ए निर्धक्‍क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्‍ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ । 12 राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ । 13 मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्‍द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् । 14 किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।
  • यिर्मि 6:2-3 : 2 सियोनकी सुन्दरी र कोमल छोरी नष्‍ट पारिन्छे । 3 गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ ।
  • यिर्मि 9:21-22 : 21 किनकि मृत्यु हाम्रा झ्यालबाट आएको छ । यो हाम्रा राजमहलहरूमा जान्छ । यसले बाहिरका बालबालिका र सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ । 22 यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”
  • प्रका 18:7-9 : 7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’ 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।” 9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ ।
  • व्यव 28:54-56 : 54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन । 55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन । 56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • विलाप 4:3-4
    2 पदहरू
    76%

    3स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे ।

    4दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।

  • विलाप 4:8-10
    3 पदहरू
    74%

    8अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्‍डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।

    9तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।

    10दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने ।

  • 5भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन् ।

  • 6मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।

  • 4तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।

  • अय्यू 24:9-11
    3 पदहरू
    72%

    9यस्ता दुष्‍ट मानिसहरू छन् जसले अनाथहरूलाई आफ्‍ना आमाको कोखबाट खोसेर लैजान्छन्, र गरिब मानिसहरूका बालबालिका बन्‍धकको रूपमा लैजान्छन् ।

    10तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् ।

    11गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।

  • विलाप 2:11-12
    2 पदहरू
    71%

    11तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।

    12तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन्, “अन्‍न र दाखमद्य कहाँ छन्?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन् ।

  • अय्यू 5:4-5
    2 पदहरू
    71%

    4त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।

    5भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्‍नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।

  • 17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।

  • 14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।

  • 3गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए । उजाडस्‍थान र मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे ।

  • 4'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'

  • यशा 51:19-20
    2 पदहरू
    70%

    19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?

    20तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन् ।

  • 11त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।

  • 5हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।

  • 14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 5तँप्रति दयालु भएर तेरो निम्‍ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।

  • 30अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस्? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।

  • 4के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैं खान्छन् र तिनीहरूले परमेश्‍वरलाई पुकारा गर्दैनन्?

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।

  • 17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ र आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌ ।'

  • 10निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।

  • 7मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्‍छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।

  • 4खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।

  • 7यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।

  • अय्यू 24:4-5
    2 पदहरू
    69%

    4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।

    5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।

  • 4पृथ्वी सुख्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् ।

  • 17किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।

  • 11सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।

  • 12राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।

  • 8साँच्‍चै नै सबै टेबलहरू बान्ताले ढाकेकोछ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।

  • 28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

  • 10तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।

  • 19तिनीहरूले आफ्‍ना चाँदी गल्‍लीहरूमा फाल्‍नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्‍तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌ । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्‍ने ढुङ्गो बनेको छ ।

  • 4तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्‍छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?

  • 8मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ ।

  • 23गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।

  • 26हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।

  • 28तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।