लैव्यव्यवस्था 21:3
वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्छ ।
वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,
4तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।
25तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।
13प्रधान पुजारीले आफ्नी पत्नीको रूपमा कन्या केटी बिहे गरोस् ।
14त्यसले विधवा, विच्छेद भएकी स्त्री, वा वेश्या बिहे नगरोस् । यस्ता स्त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
15ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
17कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्नता देख्दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
18कोही पुरुष स्त्रीको रजस्वलाको समयमा त्योसँग सुत्यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत गरिनुपर्छ ।
19आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्ने छस् ।
20कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन् ।
21कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्नीलाई बिहे गर्यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।
8आफ्ना बुबाकी कुनै पत्नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।
9आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।
10आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्यो तेरो निम्ति शर्मको कुरा हो ।
11आफ्ना बुबाकी पत्नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।
12आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरो बुबाको नजिकको नातेदार हो ।
13आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरी आमाको नजिकको नातेदार हो ।
14आफ्ना बुबाको दाजु वा भाइकी पत्नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो ।
11आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू—आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
7आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्न सक्नेजस्तै यो त्यसले आफूलाई परमेश्वरप्रति अलग गरेको कारणले हो ।
8त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ ।
16आफ्नो दाजु वा भाइकी पत्नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।
17कुनै स्त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्नु दुष्टता हो ।
18आफ्नी पत्नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्नी जीवितै हुँदासम्म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
19कुनै स्त्रीको रजस्वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
20आफ्नो छिमेकीकी पत्नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
22'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
11आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।
9मालिकले त्यसलाई आफ्नो छोरोकी पत्नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।
9पुजारीकी छोरी जो वेश्या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् ।
7तिनीहरू आफ्ना परमेश्वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्त्रीलाई विवाह नगरून् जो एउटी वेश्या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्छेद भएकी स्त्रीलाई विवाह नगरून् ।
23कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्यो भने
36कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।
30कुनै मानिसले आफ्नो बुबाकी पत्नीलाई आफ्नी पत्नी नतुल्याओस् । त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन ।
6उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्त्रीकहाँ जान्छ । के ऊ धर्मी मानिस हो?
28तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्ने छे ।
21त्यसको ओछ्यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्म अशुद्ध रहने छ ।
5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।
13त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।
14र बदनाम गराउने नियतले पत्नीलाई यसो भन्छ, 'मैले यो स्त्रीलाई ल्याएँ, तर म त्योसित सुत्न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'
22त्यसले विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीलाई आफ्नी पत्नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।
20तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने
16पुरुष र त्यसकी पत्नी, जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा, बुबा र त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन् ।
6आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्नता नदेखाओस् । म परमप्रभु हुँ ।
12यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
13तर पुजारीकी छोरी विधवा, वा विच्छेद भएकी स्त्री हो, र त्यसको बालबच्चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
23चाहे त्यो त्यस स्त्रीको ओछ्यान होस् वा त्यो बस्ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ ।
24यदि कुनै मानिस त्यस स्त्रीसँग सुत्यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्टिने हरेक ओछ्यान अशुद्ध हुने छ ।
4त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्नुभएको देशलाई दोषी नबनाओ ।