व्यवस्थाविवरण 24:4
त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्नुभएको देशलाई दोषी नबनाओ ।