व्यवस्थाविवरण 24:5
भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्नीसित रमाओस् ।
भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्नीसित रमाओस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
6के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।
7के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
1¶ आफूले बिहे गरेर ल्याएकी पत्नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।
2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्नी हुन सक्छे ।
3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने
4त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्नुभएको देशलाई दोषी नबनाओ ।
10जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,
11तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्त्री देख्यौ र त्यसलाई आफ्नी पत्नी बनाउने इच्छा गर्यौ भने
12त्यसलाई आफ्नो घरमा लैजानू । त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे ।
13त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्यसपछि तिमी त्योसित सुत्न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्नी हुन्छे ।
14तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्ट गरेका छौ ।
10त्यसले आफ्नो लागि अर्की पत्नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।
11तर त्यसले पत्नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।
13प्रधान पुजारीले आफ्नी पत्नीको रूपमा कन्या केटी बिहे गरोस् ।
14त्यसले विधवा, विच्छेद भएकी स्त्री, वा वेश्या बिहे नगरोस् । यस्ता स्त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्न पाउने छैनौ ।
22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”
13त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।
5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।
13मानौँ, कसैले विवाह गरेर पत्नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र
14र बदनाम गराउने नियतले पत्नीलाई यसो भन्छ, 'मैले यो स्त्रीलाई ल्याएँ, तर म त्योसित सुत्न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'
13कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्का गर्न वा रद्द गर्न सक्छ ।
14तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्का गर्छ । त्यसले तिनीहरूलाई पक्का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।
11र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।
7तर देवरले आफ्नी भाउजुलाई राख्ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।'
8तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्न चाहन्नँ' भनी जिद्दी गर्यो भने
24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
17तिनले आफ्ना लागि धेरै पत्नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।
6तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।
7यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।
3त्यो एक्लै आएको हो भने त्यो एक्लै जाओस् । त्यो विवाहित हो भने त्यो आफ्नी पत्नीसँगै जाओस् ।
4त्यसका मालिकले त्यसलाई पत्नी दिएका भए र त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्नी र त्यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ ।
2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस् ।
22त्यसले विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीलाई आफ्नी पत्नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।
11मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्ताङ्ग अँठ्याई भने
33तर विवाहित पुरुषले आफ्नी पत्नीलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।
27के तिमी कुनै स्त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्नीको खोजी नगर ।
10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः
11तर यदि तिनी आफ्नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुहुदैन ।”
7तिनीहरू आफ्ना परमेश्वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्त्रीलाई विवाह नगरून् जो एउटी वेश्या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्छेद भएकी स्त्रीलाई विवाह नगरून् ।
38बरु, तैँले मेरा पिताका परिवार र मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्नी ल्याउनू ।'
18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
18आफ्नी पत्नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्नी जीवितै हुँदासम्म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
6कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो ।
6बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।
12तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,
29त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्का देओस्, र त्यो केटी त्यसकी पत्नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ । त्यसको जीवनभर त्यसले केटीलाई त्याग्न पाउँदैन ।
2किनकि एक विवाहित स्त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।
5अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’