लैव्यव्यवस्था 27:10

अनलक शाब्दिक बाइबल

त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 27:15-33 : 15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ । 16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ । 17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ । 18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् । 19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ । 20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन । 21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ । 22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने, 23 पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् । 24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ । 25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ । 26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो । 27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् । 28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ । 29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ । 30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ । 31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् । 32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ । 33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”
  • याक 1:8 : 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 27:32-33
    2 पदहरू
    88%

    32बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।

    33गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”

  • 9यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ ।

  • लैव्य 27:11-12
    2 पदहरू
    82%

    11तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।

    12पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ ।

  • 1¶ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।

  • 10यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।

  • लैव्य 27:26-28
    3 पदहरू
    75%

    26पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो ।

    27यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् ।

    28तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।

  • लैव्य 22:19-24
    6 पदहरू
    74%

    19तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।

    20तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।

    21कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।

    22अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू ।

    23अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।

    24चोट लागेका, कुच्‍च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू । तिमीहरूको देशैभरि त्यस्तो नगर्नू ।

  • 18यदि कसैले अर्काको पशुलाई हानेर मार्‍यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।

  • 1¶ यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्‍खोट साँढे वा गाई चढाओस् ।

  • लैव्य 3:6-7
    2 पदहरू
    73%

    6यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्‍खोट भाले वा पोथी चढाओस् ।

    7यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।

  • निर्ग 22:10-13
    4 पदहरू
    73%

    10कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने

    11आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।

    12तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।

    13पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन ।

  • 21त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु नचढाउनू ।

  • 17तर गाईको पहिले जन्‍मेको बाछो वा भेडा वा बाख्राको पहिले जन्मेको पाठोलाई तिमीहरूले किनेर फिर्ता लिनुहुँदैन; ती मेरो निम्ति अलग गरिएका छन् । तिनीहरूका रगत वेदीमाथि छर्कनुपर्छ र तिनीहरूका बोसो आगोद्वारा चढाइएको परमप्रभुलाई मनपर्ने सुगन्धित बलिको जलाउनुपर्छ ।

  • लैव्य 1:2-3
    2 पदहरू
    72%

    2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।

    3यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।

  • लैव्य 11:46-47
    2 पदहरू
    71%

    46सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,

    47जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”

  • 21जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।

  • निर्ग 22:30-31
    2 पदहरू
    71%

    30त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।

    31तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।

  • 14“छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 25यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।

  • 28गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।

  • 15डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,

  • 36तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।

  • 10हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।”

  • 1¶ कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।

  • 26परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 8जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्यो खराब होइन र? जब तिमीहरू लङ्गडो र रोग लागेका पशु चढाउँछौ, के त्यो बेठिक होइन र? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान्?” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 32यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् ।

  • 10धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ ।

  • 3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ,

  • निर्ग 22:19-20
    2 पदहरू
    69%

    19पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।

    20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।

  • 15कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।

  • 23कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।

  • 6त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।