लूका 10:2

अनलक शाब्दिक बाइबल

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 9:36-38 : 36 जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए । 37 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् । 38 यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
  • १ तिमो 4:10 : 10 किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्‍वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
  • १ तिमो 4:15-16 : 15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् । 16 आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
  • २ थेस 3:1 : 1 ¶ अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो ।
  • १ तिमो 1:12-14 : 12 र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो । 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ । 14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
  • १ कोरि 3:6-9 : 6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो । 7 त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ । 8 अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् । 9 किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ । तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ ।
  • मर 16:15 : 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।
  • यिर्मि 3:15 : 15 मेरै जस्‍तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्‍टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।
  • यहे 34:2-6 : 2 “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र? 3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ । 4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ । 5 तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने । 6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।
  • यूह 4:35-38 : 35 अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् । 36 जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् । 37 किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ । 38 तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
  • १ थेस 5:12 : 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
  • १ तिमो 5:17-18 : 17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् । 18 किनभने पवित्रशास्‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”
  • २ तिमो 2:3-6 : 3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग । 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन । 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।
  • २ तिमो 4:5 : 5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
  • फिले 1:1 : 1 ¶ ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
  • इब्रा 3:6 : 6 तर परमेश्‍वरको घरानाको जिम्मा पुत्र ख्रीष्‍टले लिनुभएको छ । यदि हामी निश्‍चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्‍न सक्छौँ, कि हामी उहाँका घराना हौँ ।
  • प्रका 2:1 : 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
  • प्रेरि 8:4 : 4 तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
  • प्रेरि 11:19 : 19 त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्‍वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए ।
  • प्रेरि 13:2 : 2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
  • प्रेरि 13:4 : 4 त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
  • प्रेरि 16:9-9 : 9 रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।” 10 पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।
  • प्रेरि 20:28 : 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
  • जक 11:5 : 5 ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।
  • जक 11:17 : 17 धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”
  • गिन 11:17 : 17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।
  • गिन 11:29 : 29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो!”
  • १ राजा 18:22 : 22 तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् ।
  • १ राजा 22:6-8 : 6 तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।” 7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?” 8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
  • भजन 68:11 : 11 परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।
  • यशा 56:9-9 : 9 ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ! 10 तिनीहरूका सबै रक्षकहरू अन्‍धा छन्, तिनीहरूले बुझ्‍दैनन् । तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्‍केर सुत्‍न मन पराउँछन् । 11 ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ । 12 तिनीहरू भन्छन्, “आओ, हामी दाखमद्य र कडा मद्य पिऔं । भोलि पनि आजको जस्तै धेरै महान् दिन हुनेछ ।”
  • मर 16:20 : 20 चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।
  • लू 9:1 : 1 ¶ उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।
  • मत्त 20:1 : 1 ¶ किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
  • मर 13:34 : 34 यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
  • प्रेरि 26:15-18 : 15 तब मैले भनेँ, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ? 16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l 17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु । 18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
  • १ थेस 2:9 : 9 किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्‍यौँ ।
  • १ कोरि 12:28 : 28 अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ ।
  • १ कोरि 15:10 : 10 तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।
  • २ कोरि 6:1 : 1 ¶ र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ ।
  • एफिसी 4:7-9 : 7 हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ । 8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो? 10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो । 11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू । 12 ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
  • फिलि 2:21 : 21 किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् ।
  • फिलि 2:25 : 25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
  • फिलि 2:30 : 30 किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
  • कलस्सी 1:29 : 29 मेरो जीवनमा शक्‍तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।
  • कलस्सी 4:12 : 12 इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।
  • प्रेरि 22:21 : 21 तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”
  • प्रका 11:2-3 : 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् । 3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 9:36-38
    3 पदहरू
    91%

    36जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए ।

    37उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् ।

    38यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”

  • 1¶ अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो ।

  • 3तिम्रो मार्गमा गई राख । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु ।

  • यूह 4:35-38
    4 पदहरू
    74%

    35अझ पनि चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ? म तिमीहरूलाई भन्‍दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।

    36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।

    37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।

    38तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ । अरूहरूले काम गरेका छन्, र तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ ।”

  • मत्त 20:1-2
    2 पदहरू
    73%

    1¶ किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।

    2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।

  • मत्त 20:6-7
    2 पदहरू
    71%

    6एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’

    7तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’

  • मर 12:1-2
    2 पदहरू
    70%

    1¶ त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।

    2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 2उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।

  • मत्त 10:6-7
    2 पदहरू
    69%

    6यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।

    7अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।

  • 4उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।

  • लू 15:3-4
    2 पदहरू
    69%

    3येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,

    4“तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन?

  • 14किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”

  • 3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

  • 34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।

  • 23कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,

  • 28तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’

  • 16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,

  • 9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।

  • लू 20:9-10
    2 पदहरू
    68%

    9उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

    10तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।

  • मर 4:29-30
    2 पदहरू
    68%

    29जब अन्‍न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”

    30उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ?

  • 23मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।

  • 3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

  • 13तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”

  • 7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”

  • 27त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’

  • 6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।

  • 7तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ ।

  • 5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

  • 37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

  • 12तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिँड्दैन र?

  • 28मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।

  • 26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

  • 20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

  • 37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

  • 9अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”

  • 14उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्,

  • 10छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।

  • 36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”