लूका 14:22

अनलक शाब्दिक बाइबल

तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 103:6 : 6 परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्यायका कामहरू गर्नुहुन्छ ।
  • भजन 130:7 : 7 ए इस्राएल, परमप्रभुमा आसा गर । परमप्रभु कृपालु हुनुहुन्छ र उहाँ क्षमा दिन तत्पर हुनुहुन्छ ।
  • यूह 14:2 : 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
  • प्रेरि 1:1-9 : 1 ¶ थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ । 2 उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो । 3 उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो । 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ 5 कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ । 6 तिनीहरू सँगै भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो?” 7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय र ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन । 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।” 9 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।
  • एफिसी 3:8 : 8 परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
  • कलस्सी 2:9 : 9 किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ ।
  • १ तिमो 2:5-6 : 5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ । 6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
  • १ यूह 2:2 : 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
  • प्रका 7:4-9 : 4 मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः 5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो, 6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो । 7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई, 8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो । 9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 14:23-24
    2 पदहरू
    86%

    23मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।

    24किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’

  • लू 14:20-21
    2 पदहरू
    84%

    20र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’

    21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • लू 14:16-18
    3 पदहरू
    77%

    16तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।

    17जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’

    18तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’

  • मत्त 22:2-5
    4 पदहरू
    74%

    2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।

    3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।

    4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’

    5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।

  • लू 22:11-12
    2 पदहरू
    73%

    11तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?’

    12उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहीँ तयारी गर ।”

  • मर 14:14-15
    2 पदहरू
    73%

    14जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?”

    15उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।”

  • मत्त 22:8-11
    4 पदहरू
    73%

    8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।

    9त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’

    10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।

    11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।

  • 7जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो ।

  • लू 17:7-10
    4 पदहरू
    72%

    7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”

    8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?

    9उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?

    10तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”

  • लू 12:42-43
    2 पदहरू
    72%

    42प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् ।

    43धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।

  • मत्त 22:13-14
    2 पदहरू
    71%

    13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

    14किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”

  • लू 14:9-10
    2 पदहरू
    71%

    9जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘ भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्‍नुपर्ने हुन्छ ।

    10तर जब तिमीलाई निमन्‍त्रणा गरिन्छ, गएर कम महत्त्‍वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्‍नेहरूका बिचमा तिम्रो आदर हुनेछ ।

  • 26उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे ।

  • 46त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।

  • लू 16:4-5
    2 पदहरू
    70%

    4मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’

    5तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’

  • 13तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्‍टिविहीनहरूलाई बोलाऊ ।

  • 22बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’

  • 31त्यसपछि लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, आउनुहोस्‌ । किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति घर र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु ।”

  • 14जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।

  • 32त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।

  • 9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”

  • 37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।

  • 2तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’

  • 30र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।

  • मत्त 18:25-26
    2 पदहरू
    69%

    25तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।

    26त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’

  • 13येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।

  • 21उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’

  • 2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

  • 26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।