लूका 19:5

अनलक शाब्दिक बाइबल

जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 3:20 : 20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
  • यूह 1:48 : 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “फिलिपले बोलाउनुभन्‍दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
  • यूह 14:23 : 23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”
  • यूह 4:7-9 : 7 एक जना सामरी स्‍त्री पानी लिन आइन् र येशूले तिनलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” 8 किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए । 9 त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन्, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको?” किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन् । 10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
  • एफिसी 3:17 : 17 तिमीहरूको विश्‍वासद्वारा येशू ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु ।
  • इब्रा 13:2 : 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए ।
  • २ कोरि 6:1 : 1 ¶ र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ ।
  • उत्प 18:3-5 : 3 तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ । 4 केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ । 5 मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
  • उत्प 19:1-3 : 1 ¶ साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे । 2 तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस् । त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ । 3 तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
  • भजन 101:2-3 : 2 इमानदरीताको बाटोमा म हिंड्नेछु । तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु । 3 आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन । व्‍यर्थका खराब कुरालाई म घृणा गर्छु । त्‍यो मसित टाँसिनेछैन ।
  • भजन 139:1-3 : 1 ¶ हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्‍नुहुन्छ । 2 म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ । 3 तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
  • उप 9:10 : 10 तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।
  • यहे 16:6 : 6 तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्‍नै रगतमा लट्‌पटिरहेको देखें । यसैले तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।” तेरो रगतमा मैले तँलाई भनें, “बाँच्‌ ।”
  • लू 19:10 : 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 19:6-10
    5 पदहरू
    86%

    6त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।

    7जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।”

    8जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।”

    9येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।

    10किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”

  • लू 19:1-4
    4 पदहरू
    86%

    1¶ येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।

    2हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए ।

    3उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए ।

    4त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो ।

  • लू 5:26-29
    4 पदहरू
    72%

    26सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।

    27यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”

    28त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।

    29तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।

  • मर 2:14-17
    4 पदहरू
    70%

    14उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।

    15जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए ।

    16जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”

    17जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”

  • मत्त 9:9-11
    3 पदहरू
    70%

    9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।

    10जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।

    11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”

  • 39उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।

  • 29तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्‍न जानुभयो ।

  • 35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।

  • 19तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।

  • 6त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।

  • 1¶ अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए ।

  • 38जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् ।

  • 36अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो ।

  • 40त्यसैले, जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।

  • 5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,

  • 18उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”

  • 41जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,

  • 1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।

  • 37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

  • 40येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,

  • लू 19:45-46
    2 पदहरू
    65%

    45येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,

    46“यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”

  • 40जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।

  • 43येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”

  • लू 19:28-29
    2 पदहरू
    65%

    28यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।

    29बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,

  • 41हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे ।

  • 21येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”

  • 37उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।

  • 18ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।

  • 32म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।

  • 7येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”

  • 51जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।

  • 11तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?’

  • 11त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।