लूका 21:24

अनलक शाब्दिक बाइबल

तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 11:25 : 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
  • प्रका 11:2 : 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।
  • यशा 63:18 : 18 तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्‍यसलाई कुल्चे ।
  • दानी 12:7 : 7 नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् ।
  • दानी 8:13 : 13 त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ?”
  • दानी 9:27 : 27 एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
  • यशा 5:5 : 5 अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।
  • मल 1:11 : 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • यशा 66:12 : 12 परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसमाथि समृद्धिलाई नदीझैं र जातिहरूका धनलाई उर्लेको खोलाझैं मैले फिंजाउन लागेको छु । तिमीहरूले त्यसको तर्फबाट पालनपोषण गर्नेछौ, त्यसको बाहुलीमा बोकिनेछौ र त्यसको घुँडामा खेलाइनेछौ ।
  • यशा 66:19 : 19 तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
  • विलाप 1:15 : 15 मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको छ । मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपिठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको छ । परमप्रभुले यहूदाका कन्या-छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 21:20-23
    4 पदहरू
    79%

    20जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।

    21तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।

    22यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।

    23हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।

  • जक 14:1-2
    2 पदहरू
    76%

    1¶ हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।

    2किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।

  • 25सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्‍ट्रहरू कष्‍टमा पर्नेछन् ।

  • लू 19:43-44
    2 पदहरू
    74%

    43किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।

    44तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।

  • जक 12:2-3
    2 पदहरू
    73%

    2“हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ ।

    3त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।

  • लू 21:6-7
    2 पदहरू
    72%

    6“जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”

    7त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन्?”

  • 10तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।

  • 22तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।

  • यशा 24:12-13
    2 पदहरू
    71%

    12सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।

    13किनकि जस्‍तो जैतूनको रूखलाई हल्लाउँदा, जस्‍तो अङ्गुर टिप्‍दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।

  • 34साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।

  • 19तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्!

  • 12तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।

  • 32तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।

  • 9“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।

  • 11अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’

  • 2तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”

  • 9पृथ्वीमा भएका सबै राज्यको दृष्‍टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु ।

  • 16जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्,

  • 9तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।

  • 7त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।

  • 15धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्‍नेछन् र समातिनेछन् ।

  • 14मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,

  • यहे 26:11-12
    2 पदहरू
    69%

    11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।

    12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 2जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् ।

  • यशा 13:14-15
    2 पदहरू
    69%

    14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

    15भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।

  • 10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

  • 26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • 16त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।

  • 12यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् ।

  • 7त्यसले कष्‍ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने छ । त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन । वैरीहरूले त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे ।

  • 26त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”

  • 14यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।

  • 11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 23जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

  • 36साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।

  • 17तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू!

  • 7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।

  • 35यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।