मत्ती 11:23

अनलक शाब्दिक बाइबल

तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 4:13 : 13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
  • यशा 14:13-15 : 13 तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु । 14 बादलहरूको उचाइभन्दा माथि म चड्‍नेछु । म आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु ।' 15 तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।
  • विलाप 2:1 : 1 ¶ परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्‍नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।
  • यहे 16:48-50 : 48 जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् । 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् ।
  • यहे 28:12-19 : 12 “ए मानिसको छोरो, टुरोसका राजाको निम्‍ति विलाप गर्, र त्‍यसलाई भन्‌: 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्‍दरमा सिद्ध थिइस् । 13 परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए । 14 मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्‍वरको पवित्र डाँडामा राखें । अग्‍निमय पत्‍थरहरूका बिचमा तँ थिइस्‌, जहाँ तँ हिंड्‍थिस् । 15 तेरो सृष्‍ट गरिएको दिनदेखि तँमा अन्‍याय फेला नपरेसम्‍म, तेरो चालमा तँ दोषरहित थिइस्‌ । 16 तेरा ठुलो व्‍यापारले तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌ । यसैले अशुद्ध भएको व्‍यक्‍तिलाई झैं मैले तँलाई परमेश्‍वरको डाँडाबाट बाहिर फालें, र मैले तँलाई नष्‍ट गरें, ए अभिभावक करूब, र मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बिचदेखि धपाएँ । 17 तेरो सुन्‍दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्‍नो बुद्धिलाई भ्रष्‍ट पारिस्‌ । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्‍नेछन् । 18 तेरा धेरै पाप र बेईमान व्‍यापारको कारणले तैंले आफ्‍ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस्‌ । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्‍यसले तँलाई भस्‍म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा म तँलाई जमिनमा खरानी तुल्‍याउनेछु । 19 मानिसहरूका माझमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुनेछन्‌ । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌' ।”
  • यहे 31:16-17 : 16 मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्‍ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए । 17 किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए ।
  • ओबद 1:4 : 4 तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।
  • उत्प 13:13 : 13 सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।
  • उत्प 19:24-25 : 24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो । 25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।
  • मत्त 8:5 : 5 जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,
  • मत्त 16:18 : 18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।
  • मत्त 17:24 : 24 जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?”
  • लू 4:23 : 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
  • लू 14:11 : 11 हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ ।
  • लू 16:23 : 23 र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो ।
  • यूह 4:46-54 : 46 अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए । 47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे । 48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।” 49 ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।” 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे । 51 तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे । 52 यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो ।” 53 त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे । 54 येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न‍ थियो ।
  • प्रेरि 2:27 : 27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ ।
  • २ पत्रु 2:4-9 : 4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो । 5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो । 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो । 7 तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए । 8 किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए । 9 त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ ।
  • यहू 1:7 : 7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।
  • प्रका 11:8 : 8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 10:11-15
    5 पदहरू
    90%

    11“तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”

    12म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ ।

    13खोराजीन, तँलाई धिक्‍कार छ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे ।

    14तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ ।

    15तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ? होइन, तँलाई पातालमा ल्याइनेछ ।

  • 24तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”

  • मत्त 11:20-22
    3 पदहरू
    82%

    20तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।

    21“धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।

    22न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।

  • मत्त 10:14-15
    2 पदहरू
    79%

    14जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।

    15साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

  • 11यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”

  • 15तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।

  • 6अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।

  • लू 13:3-5
    3 पदहरू
    69%

    3होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।

    4वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्‍ने लाग्छ?

    5म भन्छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।

  • 23परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।

  • 12जसले आफूलाई उच्‍च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ ।

  • 11मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

  • लू 17:29-30
    2 पदहरू
    69%

    29तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।

    30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।

  • 40जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”

  • यशा 5:14-15
    2 पदहरू
    68%

    14यसकारण चिहानले आफ्‍नो भोकलाई ठुलो पारेको छ र त्‍यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्‍छन् ।

    15मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।

  • 12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

  • 28जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • यहे 16:23-24
    2 पदहरू
    67%

    23धिक्‍कार! तँलाई धिक्‍कार!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— यसकारण, यी सबै दुष्‍टताका साथै

    24तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्‌ ।

  • 20तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण

  • 14म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।

  • 44तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।

  • 20तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।

  • 19त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।

  • 11हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ ।

  • 13सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।

  • 42“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।

  • 5किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।

  • 27पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

  • 36साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।

  • 6मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।

  • 23येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”

  • 45यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।

  • 41‘घृणा गर्नेहरू हो, हेर र छक्‍क पर, र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’”

  • 18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।

  • 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।

  • 41निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।

  • 5कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”

  • 11तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,'