मत्ती 14:27

अनलक शाब्दिक बाइबल

तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 23:11 : 11 अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
  • मत्त 9:2 : 2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
  • मत्त 17:7 : 7 अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।”
  • प्रका 1:17-18 : 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
  • यूह 6:20 : 20 तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।”
  • यूह 16:33 : 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
  • यूह 14:1-3 : 1 ¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर । 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । 3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
  • मत्त 28:10 : 10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
  • लू 1:13 : 13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।
  • लू 1:30 : 30 तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ ।
  • लू 2:10 : 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
  • लू 24:38-39 : 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ? 39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
  • यशा 41:4 : 4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
  • यशा 41:10 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
  • यशा 41:14 : 14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
  • यशा 51:12 : 12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 6:47-51
    5 पदहरू
    90%

    47साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो ।

    48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।

    49तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्‍च्याए,

    50किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”

    51उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।

  • यूह 6:19-21
    3 पदहरू
    88%

    19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।

    20तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।”

    21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।

  • मत्त 14:24-26
    3 पदहरू
    86%

    24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो ।

    25बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो ।

    26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले ।

  • मत्त 17:6-7
    2 पदहरू
    81%

    6जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।

    7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।”

  • मर 4:37-41
    5 पदहरू
    80%

    37त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।

    38तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?”

    39अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो ।

    40उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्‍वास छैन?”

    41तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”

  • मत्त 14:28-33
    6 पदहरू
    79%

    28पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।”

    29येशूले भन्‍नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे ।

    30तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!”

    31येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?”

    32त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।

    33त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”

  • मत्त 8:24-27
    4 पदहरू
    79%

    24हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।

    25चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौँ!”

    26येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पुरै शान्ति छायो ।

    27ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”

  • लू 24:36-38
    3 पदहरू
    77%

    36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”

    37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।

    38येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ?

  • लू 8:22-25
    4 पदहरू
    75%

    22अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।

    23तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।

    24त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो ।

    25अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्?”

  • मत्त 28:9-10
    2 पदहरू
    75%

    9हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।

    10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

  • 27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

  • 1¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।

  • 12योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।”

  • 33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

  • 36तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ । विश्‍वास मात्र गर ।”

  • 25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।

  • 35त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तालको पारिपट्टि जाऔँ ।”

  • 26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

  • 28तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”

  • 19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

  • 7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।

  • 50तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।”

  • 22अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।