यूहन्ना 16:33

अनलक शाब्दिक बाइबल

मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 14:27 : 27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
  • १ यूह 4:4 : 4 मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
  • १ यूह 5:4 : 4 किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो ।
  • यूह 14:1 : 1 ¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।
  • रोमी 8:36-37 : 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।” 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
  • २ कोरि 1:3 : 3 हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।
  • यूह 15:18-21 : 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ । 19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ । 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।” 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।
  • २ थेस 3:16 : 16 शान्तिका परमेश्‍वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।
  • फिलि 4:7 : 7 र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
  • कलस्सी 1:20 : 20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति उहाँ प्रसन्‍न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे स्‍वर्गका कुराहरू होऊन् वा पृथ्‍वीका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • १ पत्रु 5:9 : 9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।
  • यूह 12:31 : 31 अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
  • २ कोरि 7:4 : 4 तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।
  • २ कोरि 13:11 : 11 अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।
  • यूह 16:11 : 11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ ।
  • प्रेरि 9:31 : 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
  • १ थेस 3:4 : 4 साँच्‍चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्‍टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
  • १ थेस 3:7 : 7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।
  • प्रेरि 27:25 : 25 त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।
  • रोमी 5:1-2 : 1 ¶ हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौँ । 2 हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौँ भन्‍ने दृढतामा रमाउँछौँ ।
  • गलाती 6:14 : 14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
  • २ तिमो 3:12 : 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
  • इब्रा 7:2 : 2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।”
  • इब्रा 11:25 : 25 त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।
  • इब्रा 13:20-21 : 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले, 21 उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
  • प्रका 7:14 : 14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
  • प्रका 12:11 : 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
  • एफिसी 2:14-17 : 14 किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् । 15 अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्‍टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो । उहाँले मिलाप गराउनुभयो । 16 उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्‍वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो । 17 येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो ।
  • १ शमू 17:51-52 : 51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे । 52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।
  • भजन 68:18 : 18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
  • भजन 85:8-9 : 8 परमप्रभु परमेश्‍वरले जे भन्‍नुहुन्छ सो म सुन्‍नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन । 9 निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ । 10 करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् । 11 सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।
  • यशा 9:6-7 : 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्तिका राजकुमार राखिनेछ । 7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
  • मीका 5:5 : 5 किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।
  • लू 2:14 : 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”
  • लू 19:38 : 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”
  • गलाती 1:4 : 4 जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
  • प्रेरि 23:11 : 11 अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
  • प्रेरि 27:22 : 22 अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।
  • प्रका 3:21 : 21 जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 14:27-31
    5 पदहरू
    80%

    27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

    28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

    29अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।

    30म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्‍ति छैन,

    31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • 1¶ तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

  • यूह 16:22-23
    2 पदहरू
    76%

    22त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।

    23त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।

  • यूह 15:11-12
    2 पदहरू
    76%

    11मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।

    12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।

  • 32हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।

  • यूह 14:1-2
    2 पदहरू
    75%

    1¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।

    2मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।

  • यूह 17:13-14
    2 पदहरू
    75%

    13अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून् ।

    14मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।

  • 25म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

  • 20म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।

  • यूह 14:18-20
    3 पदहरू
    74%

    18म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।

    19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।

    20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

  • 27तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”

  • यूह 16:15-16
    2 पदहरू
    72%

    15पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।

    16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

  • यूह 16:3-4
    2 पदहरू
    72%

    3तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।

    4मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।

  • 6तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।

  • यूह 16:10-11
    2 पदहरू
    71%

    10धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ;

    11अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ ।

  • 25मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।

  • 23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।

  • 4मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।

  • 27येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्‍ने पदावली छैन ।]

  • 28म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”

  • यूह 15:17-20
    4 पदहरू
    70%

    17म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।

    18यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।

    19यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।

    20मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”

  • 33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’

  • 21तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”

  • 21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।

  • 16जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।

  • 23येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।

  • 4किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो ।

  • 36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”

  • 37यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।

  • 31अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ ।

  • 16अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो

  • 33शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!

  • 15म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।

  • 27अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।