यूहन्ना 20:21

अनलक शाब्दिक बाइबल

तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 17:18-19 : 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु । 19 तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् ।
  • यूह 3:17 : 17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
  • यूह 13:20 : 20 म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
  • लू 24:47-49 : 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
  • मर 16:15-18 : 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर । 16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ । 17 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।
  • मत्त 10:40 : 40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
  • मत्त 28:18-20 : 18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । 19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ । 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”
  • प्रेरि 1:8 : 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
  • २ तिमो 2:2 : 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
  • यूह 14:27 : 27 म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
  • यशा 63:1-3 : 1 ¶ उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ? 2 तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्‍छन्? 3 मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
  • मत्त 10:16 : 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
  • इब्रा 3:1 : 1 ¶ त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर ।
  • यूह 20:19 : 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”
  • यूह 21:15-17 : 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।” 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।

  • यूह 20:22-23
    2 पदहरू
    79%

    22जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।

    23तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्‍छौ, ती कायम राखिन्छन् ।”

  • यूह 14:25-28
    4 पदहरू
    77%

    25म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

    26तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।

    27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

    28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

  • 36जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”

  • यूह 20:19-20
    2 पदहरू
    76%

    19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    20जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।

  • यूह 20:26-27
    2 पदहरू
    76%

    26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”

    27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”

  • यूह 17:21-23
    3 पदहरू
    74%

    21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।

    22तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् ।

    23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।

  • 20म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।

  • 9जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।

  • यूह 14:19-20
    2 पदहरू
    70%

    19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।

    20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

  • 12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।

  • 8किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्‍चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरे ।

  • 40जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।

  • 33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

  • 23परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।

  • 28म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”

  • 26जब सल्लाहकार आउनुहुन्छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।

  • 16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

  • 31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • 33त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।

  • 3तिम्रो मार्गमा गई राख । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु ।

  • 13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।

  • 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।

  • 17येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”

  • यूह 13:15-16
    2 पदहरू
    69%

    15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।

    16साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।

  • 16अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो

  • 2उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।

  • मत्त 28:18-19
    2 पदहरू
    68%

    18येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।

    19यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।

  • 10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

  • 34म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।

  • 1¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।

  • 17म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।

  • 11अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।

  • 20तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ ।”

  • 21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”

  • 5तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।”

  • 45र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”

  • 10म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।

  • 27तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”