मत्ती 20:34

अनलक शाब्दिक बाइबल

तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 119:67 : 67 संकष्‍टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
  • भजन 119:71 : 71 मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ, ताकि म तपाईंका विधिहरू सिक्‍न सक्‍छु ।
  • भजन 145:8 : 8 परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ ।
  • मत्त 8:15 : 15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
  • मत्त 9:29 : 29 त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
  • मत्त 9:36 : 36 जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए ।
  • मत्त 14:14 : 14 त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
  • मत्त 15:32 : 32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”
  • मर 7:33 : 33 उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।
  • लू 7:13 : 13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।”
  • लू 18:43 : 43 तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।
  • लू 22:51 : 51 येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।
  • यूह 9:6-7 : 6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो । 7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
  • यूह 11:33-35 : 33 जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो । 34 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।” 35 येशू रुनुभयो ।
  • प्रेरि 26:18 : 18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
  • इब्रा 4:15-16 : 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । 16 तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
  • १ पत्रु 3:8 : 8 अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।
  • इब्रा 2:17 : 17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 20:29-33
    5 पदहरू
    87%

    29जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भिड उहाँको पछि लाग्यो ।

    30र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

    31तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

    32तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”

    33तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”

  • लू 18:40-43
    4 पदहरू
    81%

    40येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,

    41“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।”

    42येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”

    43तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

  • मर 10:49-52
    4 पदहरू
    79%

    49येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”

    50त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।

    51येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।”

    52येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।

  • मत्त 9:27-30
    4 पदहरू
    78%

    27जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”

    28जब येशू घरभित्र आउनुभयो, ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”

    29त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”

    30अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”

  • 14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।

  • मर 8:22-25
    4 पदहरू
    77%

    22उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।

    23येशूले त्यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”

    24त्यसले हेर्‍यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्‍छु ।”

    25उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो ।

  • 34जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए । अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो ।

  • 21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

  • मत्त 15:30-31
    2 पदहरू
    74%

    30ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

    31गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।

  • 41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”

  • मर 10:46-47
    2 पदहरू
    73%

    46उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।

    47जब त्यसले येशू नासरी भन्‍ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”

  • मत्त 9:8-9
    2 पदहरू
    73%

    8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।

    9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।

  • 2एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • 36जब उहाँले भिडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए ।

  • मत्त 13:15-16
    2 पदहरू
    73%

    15किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’

    16तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।

  • 35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।

  • 34उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्‍नुभयो र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”

  • 20तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे ।

  • 13र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”

  • 1¶ येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो ।

  • 19त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे ।

  • 15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।

  • 2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए ।

  • 37तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”

  • 11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

  • 22र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।

  • 37यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।

  • 36तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।

  • 40“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”

  • 10तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”