मत्ती 25:17

अनलक शाब्दिक बाइबल

त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 18:19 : 19 किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
  • २ शमू 19:32 : 32 यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए । राजा महनोममा बस्‍दा तिनले राजालाई सबै खाद्यन्‍नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए ।
  • १ राजा 18:3-4 : 3 आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे । 4 किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।
  • २ राजा 4:8-9 : 8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे । 9 ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् । 10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।”
  • अय्यू 29:11-17 : 11 किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे, 12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें । 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ । 14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो । 15 दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ । 16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ । 17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।
  • अय्यू 31:16-22 : 16 गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने, 17 अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने— 18 किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु । 19 लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने, 20 मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने, 21 सहरको मूल ढोकामा मैले आफ्‍नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्‍नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् । 22 मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।
  • नीति 3:9-9 : 9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् । 10 तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
  • उप 11:1-6 : 1 ¶ तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् । 2 त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन । 3 बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्, र रुख उत्तर वा दक्षिणतिर ढल्यो भने त्यो जहाँसुकै ढले तापनि त्यो रहने छ । 4 बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला । 5 जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्‍चाका हड्‍डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् । 6 बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।
  • मर 14:3-8 : 3 जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन् 4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ? 5 यो अत्तरलाई तिन सय चाँदीका सिक्‍काभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए । 6 तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् । 7 गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन । 8 तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।
  • प्रेरि 9:36-39 : 36 अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन् । 37 ती दिनमा उनी बिरामी परिन् र मरिन् । तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे । 38 लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” 39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे । पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।
  • प्रेरि 10:2 : 2 तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे ।
  • प्रेरि 11:29-30 : 29 त्यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे । 30 तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।
  • २ कोरि 8:12 : 12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
  • २ कोरि 9:11-14 : 11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ । 12 किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ । 13 सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ । 14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
  • गलाती 6:9-9 : 9 हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ । 10 त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
  • एफिसी 5:16 : 16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
  • कलस्सी 4:17 : 17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।”
  • १ तिमो 5:10 : 10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
  • २ तिमो 1:16-18 : 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
  • इब्रा 6:10-11 : 10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ । 11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ ।
  • १ पत्रु 4:10 : 10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 25:18-30
    13 पदहरू
    89%

    18तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

    19अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।

    20पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’

    21उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’

    22दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’

    23उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’

    24त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।

    25मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’

    26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।

    27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।

    28त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।

    29किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।

    30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • मत्त 25:14-16
    3 पदहरू
    88%

    14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

    15उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।

    16पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।

  • लू 19:15-20
    6 पदहरू
    81%

    15तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।

    16पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’

    17ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’

    18दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’

    19ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’

    20अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।

  • लू 19:23-26
    4 पदहरू
    76%

    23त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’

    24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’

    25तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’

    26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।

  • 25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

  • 12किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।

  • लू 19:12-13
    2 पदहरू
    71%

    12त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।

    13उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’

  • 37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।

  • 11त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,

  • 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

  • मत्त 20:10-11
    2 पदहरू
    70%

    10जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।

    11जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।

  • लू 12:16-17
    2 पदहरू
    69%

    16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,

    17र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन?‘

  • 18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”

  • 24जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।

  • लू 16:10-12
    3 पदहरू
    69%

    10जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।

    11त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?

    12त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?

  • 2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

  • 8अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”

  • 2तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।

  • 2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।

  • 9एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।

  • 36फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।

  • 30तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।”