मत्ती 27:13
अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ?”
अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।”
3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
4पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”
5तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्क परे ।
11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्नुहुन्छ?”
12तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।
62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”
63तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ?”
8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन?”
11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
14तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्चर्यचकित भए ।
60प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?”
33त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”
35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्पेका छन् । तिमीले के गर्यौ?”
2तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्ट राजा भनेको भेट्टायौँ ।”
3पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
4पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
12पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”
13तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस्!”
14पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् ।”
29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”
30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौँ ।”
22पिलातसले तिनीहरूलाई भने, “ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
23र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
24जब, पिलातसले आफूले केही गर्न नसक्ने देखे, बरु खैलाबैला मच्चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।”
13तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
14र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्ने यी मानिसलाई मैले प्रश्न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
9हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
10मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
5त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!”
6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
37तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्नुहुन्छ । म यही उद्देश्यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।”
38पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन ।”
21तपाईंहरूले मलाई किन सोध्नुहुन्छ? तिनीहरूलाई नै सोध्नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”
9पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्त गरेको चाहन्छौ?”
13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।
14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!”
15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
71तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”
56किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।
57कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,
35उनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु ।” तब उनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे ।
6त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
23येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”
21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्नुहोस् ।”
17त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्ट भनिन्छ?”
2तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।