मीका 6:9

अनलक शाब्दिक बाइबल

परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 30:27 : 27 हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।
  • यशा 10:5-6 : 5 अश्‍शूरलाई धिक्‍कार, जो मेरो रिसको लट्ठी हो, त्‍यो लहुरो जसद्वारा म आफ्‍नो क्रोध मच्‍चाउँछु! 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
  • सप 3:2 : 2 त्यसले परमेश्‍वरको आवाज सुनेको छैन, न त त्यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्‍यो । त्यसले परमप्रभुमा विश्‍वास गर्दैन र त्यो आफ्नो परमेश्‍वरको समिप जाँदैन ।
  • हाग्गै 1:5-7 : 5 यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ! 6 तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्‍त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्‍न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।” 7 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।
  • प्रका 3:19 : 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
  • यशा 24:10-12 : 10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ । 11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ । 12 सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।
  • यशा 26:11 : 11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।
  • यशा 27:10 : 10 किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।
  • निर्ग 34:5-7 : 5 गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो । 6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ । 7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
  • २ शमू 21:1 : 1 ¶ दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्‍नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो ।”
  • २ राजा 22:11-20 : 11 जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते । 12 राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे, 13 “जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।” 14 त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे । 15 उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, 16 “परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु । 17 किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।” 18 तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः 19 तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो । 20 हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस् । यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए ।
  • अय्यू 5:6-8 : 6 किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्‍या उम्रन्छ । 7 बरु, मानव-जाति कष्‍टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् । 8 तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—
  • अय्यू 5:17 : 17 हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।
  • अय्यू 10:2 : 2 म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
  • भजन 9:16 : 16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
  • भजन 48:10 : 10 हे परमेश्‍वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।
  • भजन 83:18 : 18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।
  • भजन 107:43 : 43 बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ ।
  • नीति 22:3 : 3 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
  • यशा 9:13 : 13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
  • यशा 32:13-14 : 13 मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्‍द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् । 14 किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।
  • यशा 40:6-8 : 6 एउटा आवाजले भन्छ, “करा ।” अर्कोले जवाफ दिन्छ, “मैले के भनेर कराउने?” सबै प्राणी घाँस हो र तिनीहरूका विश्‍वस्‍तताका करार सबै खेतबारीका फुलजस्तै हो । 7 यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्‍चय नै मानवहरू घाँसै हुन् । 8 घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”
  • यशा 66:6 : 6 सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।
  • यिर्मि 14:18-22 : 18 म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।” 19 के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ । 20 हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं । 21 हामीलाई नत्याग्‍नुहोस् । तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् । 22 के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।
  • यिर्मि 19:11-13 : 11 तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्‍ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् । 12 मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ र यसका बासिन्दालाई म यसै गर्नेछु, यो परमप्रभुको घोषणा हो, 13 यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”
  • यिर्मि 26:6 : 6 तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”
  • यिर्मि 26:18 : 18 तिनीहरूले भने “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए । तिनले यहूदाका सबै मानिससँग बोले र भने, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः सियोन जोतिएको खेतझैं हुनेछ, यरूशलेमचाहिं गिटीको थुप्रो हुनेछ र मन्दिरको डाँडाचाहिं झाडीझैं हुनेछ ।'
  • यिर्मि 37:8-9 : 8 कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।' 9 परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् । 10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”
  • विलाप 3:39-42 : 39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ? 40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं । 41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ: 42 “हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
  • हो 13:16 : 16 सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको छ । तिनीहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन् ।
  • हो 14:9 : 9 को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।
  • यो 2:11-18 : 11 परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र? 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।” 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न । 14 कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि? 15 सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ । 16 मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् । 17 पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’” 18 आफ्नो देशको निम्‍ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।
  • आमो 2:5 : 5 यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”
  • आमो 3:8-9 : 8 सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्‍वर बोल्‍नुभएको छ । कसले अगमवाणी बोल्दैन र? 9 अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर । 10 किनभने ठिक काम कसरी गर्ने सो तिनीहरू जान्दैनन् — यो परमप्रभुको घोषणा हो— तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा र विनाश संचित गर्छन् ।” 11 यसैकारण, परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।” 12 परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।” 13 याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो । 14 “किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् । 15 म हिउँदमा बस्‍ने घरलाई गर्मीमा बस्‍ने घरसँगै नाश गर्नेछु । हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठुला-ठुला घरहरू लोप हुनेछन् — यो परमप्रभुको घोषणा हो ।”
  • आमो 4:6-9 : 6 मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।” 7 फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो । 8 दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 9 डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 10 मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 11 मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 12 त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो!
  • आमो 6:1 : 1 ¶ सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
  • योना 3:4-9 : 4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।” 5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए । 6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे । 7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् । 8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् । 9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।” 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
  • मीका 3:12 : 12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड ।

  • 10बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन् ।

  • 1¶ तब उहाँले ठुलो सोरमा कराएर यसो भन्‍नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्‍ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 15सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।

  • 1¶ अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् ।

  • 6किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्‍छ सो बताउनुपर्छ ।

  • 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।

  • 71%

    17तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें । तर तिनीहरूले भने, 'हामी सुन्‍ने छैनौं ।'

    18त्यसकारण हे जाति-जातिहरू हो, सुन । हे गवाही दिनेहरू हो, तिनीहरूलाई के हुने छ सो हेर ।

  • 6सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?

  • 6सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।

  • 2सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।

  • 1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।

  • 4“हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।

  • 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

  • नीति 1:20-21
    2 पदहरू
    69%

    20बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।

    21होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,

  • 16यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 9तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 1¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?

  • 31किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।

  • 1¶ के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र?

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 3यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ ।

  • 17असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”

  • 1¶ परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,

  • 10अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।

  • 12यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी छ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्यसले यो घोषणा गर्नेछ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थानजस्तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन?

  • 1¶ “यरूशलेमका सडकहरूबाट छिटो जा । त्यसका चोकहरूमा पनि खोजी गर् । त्यसपछि हेरे अनि यस कुरा बारेमा विचार गर्: न्यायपूर्वक काम गर्ने र इमानदारीपूर्वक काम गर्न खोज्ने कुनै मानिस तैंले फेला पारिस् भने, म यरूशलेमलाई क्षमा दिनेछु ।

  • 21जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”

  • 29किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'

  • 7ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।

  • 1¶ उच्‍च सोरमा करा, चुप नलाग् । तुरहीले झैं आफ्‍नो सोर उचाल् । मेरा मानिसहरूलाई तिनीहरूको विद्रोह र याकूबको घरानालाई तिनीहरूको पापहरूका सामना गर् ।

  • 14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • 1¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।

  • 23ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्‍न होओ र मेरा वचनहरू सुन ।

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • 1¶ “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।

  • 18तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको छ र? उहाँको वचनलाई कसले देख्‍ने र कसले सुन्‍ने गर्छ र? उहाँको वचनलाई कसले ध्यान दिने र सुन्‍ने गर्छ र?

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • 11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

  • 16ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”

  • 16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 5परमप्रभु फेरि मसँग बोल्नुभयो,

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।