नीतिवचन 8:4

अनलक शाब्दिक बाइबल

“हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 22:17 : 17 पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
  • भजन 49:1-3 : 1 ¶ ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप । 2 माथिल्‍लो र तल्‍लो दर्जाका, गरीब र धनी दुवै एकसाथ । 3 मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्‍यान समझको हुनेछ ।
  • भजन 50:1 : 1 ¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
  • मत्त 11:15 : 15 जससँग सुन्‍ने कान छ, त्यसले सुनोस् ।
  • यूह 3:16 : 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
  • २ कोरि 5:19-20 : 19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ । 20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं ।
  • कलस्सी 1:23 : 23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
  • कलस्सी 1:28 : 28 उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
  • १ तिमो 2:4-6 : 4 उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ । 5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ । 6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
  • तीत 2:11-12 : 11 हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ, 12 र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 8:1-3
    3 पदहरू
    75%

    1¶ के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र?

    2बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।

    3सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,

  • नीति 8:5-6
    2 पदहरू
    74%

    5तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।

    6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।

  • 2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

  • 24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।

  • नीति 1:20-21
    2 पदहरू
    72%

    20बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।

    21होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,

  • 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्‍नुहोस् । मेरो वचनको आवाजलाई सुन्‍नुहोस् ।

  • नीति 1:23-24
    2 पदहरू
    71%

    23मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।

    24मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।

  • नीति 9:3-4
    2 पदहरू
    71%

    3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ ।

    4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।

  • 34सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,

  • भजन 4:1-2
    2 पदहरू
    70%

    1¶ हे मेरा धार्मिकताका परमेश्‍वर, मैले पुकारा गर्दा मलाइ जवाफ दिनुहोस् । म घेरामा पर्दा मलाई आश्रय दिनुहोस् । ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्‍नुहोस् ।

    2ए मानिसहरू, मेरो इज्‍जतलाई तिमीहरू कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्‍यर्थका कुरालाई प्रेम गर्छौ अनि झुटको पछि लग्छौ? सेला

  • 9परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ ।

  • नीति 8:31-32
    2 पदहरू
    70%

    31म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।

    32अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।

  • 1¶ अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति छ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ?

  • नीति 9:15-16
    2 पदहरू
    69%

    15त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।

    16“कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।

  • नीति 2:2-3
    2 पदहरू
    69%

    2बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,

    3तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने,

  • 6हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्‍नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्‍नुहोस् ।

  • 7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।

  • 1¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक ।

  • 34मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • 23ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्‍न होओ र मेरा वचनहरू सुन ।

  • 1¶ हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।

  • 1¶ हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।

  • 1¶ हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु । मकहाँ चाँडो आउनुहोस् । मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्‍नुहोस् ।

  • 15तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ ।

  • 2हे मेरो राजा र मेरो परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्, किनकि मैले प्रार्थना गर्ने तपाईंसँग नै हो ।

  • 1¶ ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? ए मानिसहरू, के तिमीहरू ठिक किसमले न्याय गर्छौ?

  • 4तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'

  • 18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”

  • 13तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् । मैले पनि सुन्‍न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः

  • 10तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।

  • 56“मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो ।

  • 8ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ?

  • 4मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्‍ता दिनुहुन्छ?

  • 9ए चैनमा बसेका स्‍त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्‍ता नभएका छोरीहरू, मेरो कुरा सुन ।

  • 3अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ ।

  • 4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?

  • 8तपाईंले निश्‍चय पनि मैले सुन्‍ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,

  • 4बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।

  • 4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”