गिन्ती 11:7

अनलक शाब्दिक बाइबल

मन्‍न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 16:31 : 31 इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।
  • उत्प 2:12 : 12 त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।
  • निर्ग 16:14-15 : 14 शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए । 15 इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।
  • १ कोरि 1:23-24 : 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो । 24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
  • प्रका 2:17 : 17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 16:30-36
    7 पदहरू
    83%

    30त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।

    31इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।

    32मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्' ।”

    33मोशाले हारूनलाई भने, “एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् ।”

    34परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।

    35इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।

    36एक ओमेर आधा पाथी हुन्छ ।

  • गिन 11:8-9
    2 पदहरू
    80%

    8मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।

    9छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।

  • गिन 11:5-6
    2 पदहरू
    78%

    5हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।

    6अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।”

  • निर्ग 16:13-16
    4 पदहरू
    74%

    13साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।

    14शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।

    15इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।

    16परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल' ।”

  • भजन 78:24-25
    2 पदहरू
    70%

    24तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो ।

    25मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो ।

  • यहो 5:11-12
    2 पदहरू
    68%

    11निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए ।

    12तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए ।

  • 31हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”

  • 21तिनीहरूले बिहानैपिच्छे बटुल्थे । हरेकले त्यस दिनलाई पुग्‍ने बटुल्थ्यो । घाम चर्केपछि त्यो पग्लन्थ्यो ।

  • 12हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।

  • 34परमप्रभुले मोशालाई भन्‍नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।

  • 6पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि

  • 12त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।

  • 24त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे ।

  • 4तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।

  • गिन 11:31-33
    3 पदहरू
    64%

    31त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।

    32मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।

    33मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।

  • 5मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”

  • 4यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।

  • 8पवित्रस्थानका दियाहरूका लागि तेल, अभिषेक गर्ने तेलका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पाताको लागि

  • 4तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए ।

  • 18तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।

  • 40इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो ।

  • 25तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ ।'

  • 15यसैले उहाँले मलाई भन्‍नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।

  • 28तिनीहरूले मसला र बत्तीहरूका लागि तेल, अभिषेक गर्ने तेल अनि सुगन्धित धूप ल्याए ।

  • 36तैँले यसलाई मसिनो गरी पिस्‍नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्‍ने राख्‍नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्‍नू ।

  • 3उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।

  • 49तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे ।

  • 29मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”

  • 25तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।

  • 7रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्‍नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ ।

  • 11तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।

  • 16तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो ।