गिन्ती 11:5
हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्ने जत्ति सबै थोक मन्न मात्र हो ।”
7मन्न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
8मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
9छाउनीमा राती शीत पर्दा मन्न पनि झर्थ्यो ।
4केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”
3इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”
5मानिसहरू परमेश्वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”
20तर तिमीहरूले तिमीहरूको नाक लागूञ्जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”
21त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
22के तिनीहरूलाई तृप्त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?”
18मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
4परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?
5यो डरलाग्दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।”
11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?
12के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”
8मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्जेल दिनुहुँदा तिमीहरूले यो जान्नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”
13यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्दै मेरो सामु रोइरहेका छन् ।
31इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।
32मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्न सकून्' ।”
15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।
13के हामीलाई दूध र मह बग्ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!
14यसको अतिरिक्त, तपाईंले हामीलाई दूध र मह बग्ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
15इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।
16परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्ने हरेक व्यक्तिलाई पर्याप्त हुने गरी बटुल' ।”
25तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिन लाग्नुभएको यो देश असल छ ।'
3मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”
11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठुलो सङ्कष्ट आइपर्यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
29मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”
11हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
12हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।
2इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
3तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
39तिनीहरूमध्ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन ।
11निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए ।
12तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए ।
31हाम्रा पिताहरूले मरुभूमिमा मन्न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
27तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ ।
24त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।
6पर्याप्त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
27तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
12“मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, 'साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ' ।”
21तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”
2त्यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्न प्राप्त गरौँ ।”
33मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
33तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, “हामी सबै मर्नेछौँ ।”
4तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए ।
16हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।