गिन्ती 18:27

अनलक शाब्दिक बाइबल

तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 18:30 : 30 यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।
  • व्यव 15:14 : 14 तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।
  • २ राजा 6:27 : 27 तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?”
  • हो 9:1-2 : 1 ¶ ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ । 2 तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।
  • लैव्य 6:19-23 : 19 यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो, 20 “हारून र त्यसका छोराहरूले हरेक छोराको अभिषेक गर्ने दिनमा परमप्रभुलाई अर्पण गर्ने बलि यस प्रकार रहेको छः नियमित अन्‍नबलिझैँ आधा पाथी मसिनो पिठो, आधाचाहिँ बिहान र आधा साँझ । 21 त्यसलाई पकाउने भाँडामा तेलसँग मिसाएर बनाइयोस् । त्यो भिजेपछि भित्र ल्याउनू । त्यो पाकेपछि अन्‍नबलिलाई टुक्रा गरी परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति अर्पण गरियोस् । 22 प्रधान पुजारीका छोराहरूमध्ये हुनेवाला प्रधान पुजारीले त्यो अर्पण गरोस् । सधैँ आज्ञा गरिएझैँ ती सबै परमप्रभुको निम्ति जलाइयोस् । 23 पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”
  • गिन 15:20 : 20 आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 18:28-31
    4 पदहरू
    88%

    28यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ ।

    29तिमीहरूले प्राप्‍त गरेका सबै उपहारबाट तिमीहरूले परमप्रभुलाई हरेक हिस्सा दिनुपर्छ । यो तिमीहरूलाई दिइएको उत्तम र अति पवित्र थोकहरूबाट दिनुपर्छ ।'

    30यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।

    31बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो ।

  • गिन 18:25-26
    2 पदहरू
    82%

    25परमप्रभुले मोशालाई भन्‍नुभयो,

    26“तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ' ।”

  • गिन 15:19-21
    3 पदहरू
    80%

    19जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।

    20आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।

    21तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।

  • 4तिमीहरूको अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू ।

  • गिन 15:3-4
    2 पदहरू
    77%

    3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।

    4तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पिठोको अन्‍नबलिसाथै होमबलि चढाउनुपर्छ ।

  • 37हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।

  • 13तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।

  • गिन 18:11-12
    2 पदहरू
    76%

    11इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् ।

    12मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्‍नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।

  • 6त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।

  • 18तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ ।

  • 5तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।

  • 14परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।

  • 14तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।

  • 20साँढेसँगै तिमीहरूले अन्‍नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ ।

  • 17तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ ।

  • 29यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।

  • लैव्य 2:5-8
    4 पदहरू
    74%

    5यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् ।

    6त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो ।

    7यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।

    8यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।

  • 28तिनीहरूसँगै अन्‍नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू ।

  • 27तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।

  • 15तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”

  • 39यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”

  • 13अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।

  • गिन 15:6-10
    5 पदहरू
    73%

    6यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ ।

    7अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ ।

    8जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ,

    9तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।

    10तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ ।

  • 14तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,

  • 32बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।

  • 3तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्‍नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी,

  • 9तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,

  • 13तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्‍न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ ।

  • 18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 15उनले तिमीहरूका अन्‍नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।

  • 9मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।

  • 11परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।

  • 40पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू ।