फिलेमोन 1:18
तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ ।
तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19म पावल, आफ्नै हातले यो कुरा लेख्दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ ।
20हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
21तिमीले मेरो आज्ञा पालन गर्छौ भन्ने निश्चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
15सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो ।
16अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।
17त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।
13म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र?” यो गल्तीको निम्ति मलाई क्षमा देओ ।
9तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।
10यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो ।
5यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ ।
11किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्ने व्यक्ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्ने भएको छ ।
12म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु ।
13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्ने थियो भनेर मैले उसलाई मसँगै राख्न चाहन्थेँ ।
12मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ ।
8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि
9प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।
8तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ ।
9तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।
12भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
11हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
12किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
13किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।
28तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’
29तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
30किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
7वास्तवमा ख्रीष्टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु? बरु, किन आफैँलाई ठगिन नदिनु?
8तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन्!
30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
18त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
15उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
9तिमीहरूमध्येका एक, विश्वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
25किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
34तपाईंहरू आफैँ जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।
18यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।
7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
8एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
27हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
13अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख ।
24जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्का तिर्नुपर्ने थियो ।
25तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्नी, त्यसका बालबच्चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
26त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्टो पर्यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
13एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
20किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।
27तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्न सक्छ?
19ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्नुपर्दथ्यो ।
21म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
7त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
4नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।
17के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र?