नीतिवचन 11:25

अनलक शाब्दिक बाइबल

उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 5:7 : 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।
  • २ कोरि 9:6-9 : 6 यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ । 7 हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ । 8 र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ । 9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।”
  • नीति 28:27 : 27 गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।
  • यशा 32:8 : 8 तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्‍छ ।
  • यशा 58:7-9 : 7 आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन । 8 तब तिमीहरूको ज्‍योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ । 9 तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने, 10 तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाचो पुरा गर्छौ भने, तिमीहरूको ज्‍योति अन्धकारमा चम्‍किनेछ र तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ । 11 तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्‍यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्‍त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्‍डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्‍ने पानीको मुलजस्तै हुनेछौ ।
  • अय्यू 29:13-18 : 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ । 14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो । 15 दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ । 16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ । 17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें । 18 तब मैले भनें, 'म आफ्‍नै गुँडमा मर्नेछु । म आफ्‍ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु ।
  • अय्यू 31:16-20 : 16 गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने, 17 अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने— 18 किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु । 19 लुगाफाटाको कमीले कोही नष्‍ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने, 20 मेरो भेडाको ऊनले आफूलाई न्यानो पार्न नपाएको हुनाले, उसको हृदयले मलाई आशिष् दिएको छैन भने,
  • मत्त 25:34-35 : 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर । 35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।

  • 26अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।

  • 9उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।

  • 6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।

  • 10छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ ।

  • यशा 58:10-11
    2 पदहरू
    71%

    10तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाचो पुरा गर्छौ भने, तिमीहरूको ज्‍योति अन्धकारमा चम्‍किनेछ र तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ ।

    11तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्‍यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्‍त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्‍डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्‍ने पानीको मुलजस्तै हुनेछौ ।

  • नीति 25:21-22
    2 पदहरू
    71%

    21तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।

    22किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।

  • 23तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्‍त रोटी दिनुहुनेछ, र अन्‍नहरू प्रशस्‍त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।

  • भजन 65:9-10
    2 पदहरू
    70%

    9तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ । तपाईंले त्‍यसलाई भिजाउनुहुन्‍छ । तपाईंले त्‍यसलाई धेरै समपन्‍न तुल्याउनुहुन्छ । परमेश्‍वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्‍न दिनुहुन्‍छ ।

    10तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • 11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ ।

  • 30धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।

  • नीति 28:19-20
    2 पदहरू
    69%

    19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।

    20विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।

  • 14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।

  • 14विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।

  • 25किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्‍ट पार्नेछु ।”

  • 4अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।

  • 38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”

  • 22परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।

  • 1¶ तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् ।

  • 27गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।

  • 17दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ ।

  • 37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

  • 17गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।

  • 7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।

  • 9किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।

  • 8तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्‍छ ।

  • 25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

  • 25आफ्नो भोक तृप्‍त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्‍टको पेट सधैँ भोकभोकै हुन्छ ।

  • 10निश्‍चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।

  • 4अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्‍ट हुने छ ।

  • 10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।

  • 14तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।

  • 25लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ ।

  • 26दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।

  • 20आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ ।

  • 8अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।

  • 20तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्‍ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित्‌ हुनेछौ ।

  • 10उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।

  • 10किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्,

  • 23गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।

  • 8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

  • 16के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने?

  • 26दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन् ।

  • 14तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ ।”

  • 13आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।