नीतिवचन 11:26

अनलक शाब्दिक बाइबल

अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 29:13 : 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।
  • नीति 24:24 : 24 दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।
  • आमो 8:4-6 : 4 खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन । 5 तिनीहरू भन्छन्, “औंसी कहिले समाप्‍त हुन्छ, ताकि हामीहरूले फेरि अन्‍न बेच्‍न सकौं? शबाथ दिन कहिले समाप्‍त हुन्छ, ताकि हामीले गहुँ बेच्‍न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं । 6 यसरी नै हामीले खराब गहुँ बेच्‍न सक्‍छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्‍न सक्‍छौं ।”
  • उत्प 42:6 : 6 योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 11:24-25
    2 पदहरू
    76%

    24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।

    25उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।

  • 27गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।

  • नीति 28:19-20
    2 पदहरू
    74%

    19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।

    20विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।

  • 27परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।

  • नीति 22:8-9
    2 पदहरू
    73%

    8अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।

    9उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • 6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ ।

  • 23गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।

  • 11आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ ।

  • 7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्‍नको बिटा बाँध्‍नेको छाती ढाक्‍न सक्दैन ।

  • 22परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।

  • 17तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।

  • 8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

  • 6परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।

  • 22परमेश्‍वरले आशिष्‌ ‌‌दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन् ।

  • 26दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।

  • 6गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।

  • 22कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।

  • नीति 24:24-25
    2 पदहरू
    69%

    24दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।

    25तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।

  • 14“यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।

  • 3एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।

  • 25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

  • 28रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।

  • 5आशिष् पर्ने छ ।

  • 31गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।

  • 12समय आउँदैछ । दिन नजिकै आएको छ । किन्‍नेले आनन्‍द नगरोस्, बेच्‍नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्‍मै भीडमाथि परेको छ!

  • 5ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।

  • 4दाइँ गर्दा गोरुलाई महला नलागाओ ।

  • 6यसरी नै हामीले खराब गहुँ बेच्‍न सक्‍छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्‍न सक्‍छौं ।”

  • 7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।

  • 10निश्‍चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।

  • 12किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।

  • 15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।

  • 13सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।

  • 14कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ ।

  • 9यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्‌ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।

  • 13गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।

  • 37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

  • 17गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।

  • 16अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य बढी हुने छ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य कम हुने छ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ ।

  • 11जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?

  • 19अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।

  • 8परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।

  • 26दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन् ।

  • 10परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् ।

  • 29किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।