नीतिवचन 27:8

अनलक शाब्दिक बाइबल

आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 16:2 : 2 जसरी चराहरू भौंतारिन्‍छन् र जसरी गुँड छरपष्‍ट पारिन्‍छ, मोआबका स्‍त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्‍तै भएका छन् ।
  • योना 1:3 : 3 तर परमप्रभुको उपस्थितिबाट भाग्‍न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्‍पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।
  • योना 1:10-17 : 10 त्‍यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्‍यसै भनेको थिए । 11 तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो । 12 योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।” 13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो । 14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्‍ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्‍छा भयो, त्यही तपाईंले गर्नुभयो ।” 15 यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्‍यो । 16 त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्‍यन्‍तै माने । तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे । 17 यति बेला योनालाई निल्‍नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे ।
  • १ कोरि 7:20 : 20 परमेश्‍वरले बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो, हरेक त्यही बोलावटमा रहोस् ।
  • यहू 1:13 : 13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
  • उत्प 4:16 : 16 यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे ।
  • उत्प 16:6-8 : 6 तर अब्राहमले साराइलाई भने, “हेर, तिम्री कमारी तिम्रै शक्तिमा छे, तिमीलाई जे उत्तम लाग्छ त्यही गर ।” त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन्, अनि त्यो तिनीदेखि भागी । 7 परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए । त्यो मूल शूरतिर जाने बाटोमा पर्छ । 8 तिनले सोधे, “साराईकी कमारी हागार, तँ कहाँबाट आइस् र कहाँ जाँदै छेस्?” त्यसले जवाफ दिई, “म मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु।”
  • १ शमू 22:5 : 5 तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्‍नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए ।
  • १ शमू 27:1-9 : 1 ¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।” 2 दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए । 3 दाऊद र तिनीसँग भएका मानिसहरू, तिनका आफ्नै घरानाका हरेक मानिस, र दाऊदका आफ्नी दई जना पत्‍नी यिजरेली अहीनोम र नाबालकी पत्‍नी कार्मेली स्‍त्री अबीगेल गातमा आकीशसँग बसे । 4 दाऊद गातमा भागेर गयो भनी शाऊललाई भनियो, त्यसैले उनले तिनलाई खोज्‍न छोडे । 5 दाऊदले आकीशलाई भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, देशभित्रका सहरमध्ये मलाई एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बस्‍न सकूँ । तपाईंको दास तपाईंसँग राजकीय सहरमा किन बस्‍नु?” 6 त्यसैले त्यो दिन आकीशले तिनलाई सिक्‍लग दिए । त्यसैले सिक्‍लग आजको दिनसम्म पनि यहूदाका राजाहरूको अधीनमा छ । 7 दाऊद पलिश्‍तीहरूको देशमा पुरा एक वर्ष चार महिनासम्म बसे । 8 दाऊद र तिनका मानिसहरूले विभिन्‍न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे । किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्‍ने त्यस देशका बासिन्दाहरू थिए । तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए । 9 दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे । 10 आकीशले भन्थे, “आज तिमीले कसलाई लुट्यौ?” दाऊदले जवाफ दन्थे, “यहूदाको दक्षिणतिर” वा “यरहमेलीहरूको दक्षिणतिर” वा “केनीहरूको दक्षिणतिर ।” 11 दाऊदले, “तिनीहरूले हाम्रोबारे 'दाऊदले यसो-यसो गरे' भन्‍न नसकून्” भनेर गातमा ल्याउनलाई न पुरुष न त स्‍त्रीलाई जीवित राख्थे । तिनी पलिश्तीहरूको देशमा बस्दा तिनले गरेका सबै कुरा यही थियो । 12 आकीशले यसो भन्‍दै दाऊदलाई विश्‍वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”
  • १ राजा 19:9 : 9 त्यहाँ तिनी एउटा गुफामा गए, र त्यहीँ नै बसे । तब परमप्रभुको वचन तिनीकहाँ आयो, “ए एलिया, तँ यहाँ के गर्दै छस्?”
  • नहे 6:11-13 : 11 मैले जवाफ दिएँ, “के मजस्तो मान्छे भाग्छ र? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र? म भित्र जाने छैनँ ।” 12 परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए । 13 तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे ।
  • अय्यू 39:14-16 : 14 किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ । 15 पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्‍छ भनी त्यसले बिर्सन्छ । 16 त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,
  • नीति 21:16 : 16 समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।
  • नीति 26:2 : 2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन ।

  • 23वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।

  • 16समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।

  • 7पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।

  • 2जसरी चराहरू भौंतारिन्‍छन् र जसरी गुँड छरपष्‍ट पारिन्‍छ, मोआबका स्‍त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्‍तै भएका छन् ।

  • 7कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।

  • 27चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् ।

  • 2प्रत्‍येक व्‍यक्‍ति हावाबाट बच्‍ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्‍खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 19किनकि मेरा पति घरमा हुनुहुन्‍न । उहाँ लामो यात्रामा जानुभएको छ ।

  • 11तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”

  • 20येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन ।”

  • 6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।

  • 5सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।

  • 11आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।

  • भजन 55:6-7
    2 पदहरू
    69%

    6मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।

    7हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्‍थानमा बस्‍ने थिएँ । सेला

  • 19आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।

  • 17किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ ।

  • 17चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।

  • 23ऊ रोटी खोज्‍दै विभिन्‍न ठाउँमा यसो भन्‍दै जान्‍छ, ‘खोई त्‍यो कहाँ छ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ ।

  • 17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे ।

  • 58येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”

  • 21पूर्वीय बतासले उसलाई उडाएर लानेछ, र उसले छोड्‍नेछ । त्‍यसले उसलाई आफ्नो बासस्थानबाट पुर्‍याउनेछ ।

  • 18माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ ।

  • 1¶ आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्‍का न्यायको विरोध गर्छ ।

  • 12निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।

  • 7एक्‍लिएको चराझैं छानामाथि म एक्‍लै जागा रहन्छु ।

  • 9झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।

  • 2उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो, म आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे । तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन्!

  • 21बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।

  • 25मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।

  • 6कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू ।

  • 14एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”

  • 4तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।

  • 19तैँले कष्‍टको समयमा भरोसा गर्ने अविश्‍वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।

  • 14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

  • 9अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।

  • 18त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,

  • 28ए मोआबका बासिन्दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल । चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ ।

  • 23हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।

  • 12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।

  • 10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।

  • 3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।

  • 7बरु, मानव-जाति कष्‍टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।

  • 26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।

  • 24मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?

  • 4मानिस एकपल्‍टको सासजस्तो हो । त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो ।

  • 5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।

  • 21मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।