नीतिवचन 31:8
बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
15कष्टमा परेका मानिसहरूलाई परमेश्वरले तिनीहरूका कष्टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्नुहुन्छ ।
15तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
16त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
13गरिबको पुकारामा कान थुन्नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
2तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।
9म शान्त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ ।
13तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्दिन । म गुँगो मानिसजस्तो भएको छु जसले केही भन्दैन ।
3गरीब र अनाथहरूको बचाऊ गर । कष्टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।
4गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्टहरूका हातबाट छुट्टाओ ।
18धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्ने छु ।
22गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
23किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
4खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।
27त्यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस् । तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।”
7धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्टले यस्तो ज्ञान बुझ्दैन ।
11मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा ।
6मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
31धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
12कष्टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्ने तिनीहरूले बनाए । कष्टमा परेका मानिसहरूको रोदन उहाँले सुन्नुभयो ।
21जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्छन् ।
5किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
30धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
9तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।
12किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।
20कैदीहरूका विलाप सुन्न, मृत्युदण्ड पाएकाहरूलाई छुटाउन ।
2हेर्नुहोस्, अब मैले आफ्नो मुख खोलेको छु । मेरो जिब्रोले मेरो मुखमा बोलेको छ ।
16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
7त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन ।
5परमप्रभु भन्नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्छा तिनीहरू गर्छन् ।”
15हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।
11किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।
5तर परमेश्वर बोल्नुभए हुन्थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्थ्यो ।
5तब अन्धाहरूका आँखाहरूले देख्नछन् र बहिराहरूका कानले सुन्नेछन् ।
18तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।
11कैदीहरूका सुस्केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्ताले मृत्युका सन्तानहरूलाई जीवित राख्नुहोस् ।
16त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”
3आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ ।
2किनकि दुष्टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
11किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्नू ।'
4हडबडेले समझदार भएर होसियारसाथ विचार गर्नेछ, अनि भकभकेले प्रष्टसँग र सजिलोसँग बोल्नेछ ।
7छलीका विधिहरू खराब हुन्छन् । गरीबले ठिक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्ट योजनाहरू बनाउँछ ।
16उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
7उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्छ, त्यसरी उसले आफ्नो मुख खोलेन ।
31किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
8तर तिमीहरूले उसलाई निश्चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्त मात्रामा ऋण दिनू ।
1¶ कमजोरहरूलाई वास्ता गर्ने मानिस धन्यको हो । कष्टको दिनमा परमप्रभुले त्यसलाई बचाउनुहुनेछ ।
10राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।