भजनसंग्रह 119:94

अनलक शाब्दिक बाइबल

म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 10:4-6 : 4 “मकहाँ आउनुहोस् र गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू र इस्राएलका मानिसहरूसँग शान्ति सम्झौता गरेका छन् ।” 5 पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोनविरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे । 6 गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, “चाँडो गर्नुहोस्! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्‍नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्‍ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।”
  • भजन 86:2 : 2 मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्‍वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।
  • भजन 119:27 : 27 तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।
  • भजन 119:40 : 40 हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव
  • भजन 119:173 : 173 तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।
  • यशा 41:8-9 : 8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान, 9 तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन । 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
  • यशा 44:2 : 2 परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
  • यशा 44:5 : 5 कसैले भन्‍नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्‍नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
  • यशा 64:8-9 : 8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं । 9 हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् । 10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ ।
  • सप 3:17 : 17 परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।
  • प्रेरि 27:23-24 : 23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए 24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 119:145-147
    3 पदहरू
    81%

    145मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।

    146म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”

    147बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।

  • भजन 119:173-174
    2 पदहरू
    78%

    173तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।

    174हे परमप्रभु, म तपाईंको उद्धारको इच्‍छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।

  • भजन 119:40-41
    2 पदहरू
    77%

    40हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव

    41हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।

  • 93तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको छ ।

  • भजन 119:10-12
    3 पदहरू
    77%

    10आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।

    11तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।

    12हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

  • 95दुष्‍टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्‍न खोज्‍नेछु ।

  • 159हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।

  • 134मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।

  • भजन 119:86-88
    3 पदहरू
    75%

    86तपाईंका सबै आज्ञा विश्‍वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् ।

    87तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ ।

    88तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ । लामेध

  • 125म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्‍न सकूँ ।

  • भजन 119:56-58
    3 पदहरू
    74%

    56यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु । हेथ

    57परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु ।

    58तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् ।

  • 8म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्‍ता नगर्नुहोस् । बेथ

  • 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।

  • भजन 119:166-168
    3 पदहरू
    74%

    166हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।

    167म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।

    168तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ । ताव

  • 45म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।

  • 117मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।

  • भजन 119:153-154
    2 पदहरू
    74%

    153मेरो कष्‍टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्‍न ।

    154मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस् ।

  • 2मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्‍वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।

  • 123तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।

  • 143संकष्‍ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।

  • 141म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्‍न ।

  • 176हराएको भेडाझैं म बरालिएको छु । आफ्‍नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।

  • 26तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

  • 2मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्‍नुहोस् । तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस् ।

  • 110दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।

  • 1¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

  • भजन 119:76-77
    2 पदहरू
    73%

    76आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस् ।

    77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।

  • 66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।

  • भजन 119:33-34
    2 पदहरू
    72%

    33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।

    34मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु ।

  • 21म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।

  • 131म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।

  • 170मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।

  • 114तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।

  • 16आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् ।

  • 129तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।