भजनसंग्रह 29:4

अनलक शाब्दिक बाइबल

परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 68:33 : 33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
  • यशा 66:6 : 6 सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।
  • यिर्मि 51:15-16 : 15 उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो । 16 उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।
  • यहे 10:5 : 5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो ।
  • लू 4:36 : 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
  • लू 8:25 : 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्?”
  • अय्यू 26:11-14 : 11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् । 12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो । 13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो । 14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र?”
  • अय्यू 40:9-9 : 9 के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्? 10 अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार । 11 तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । 12 हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।
  • भजन 33:9 : 9 किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 29:1-3
    3 पदहरू
    86%

    1¶ ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।

    2परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।

    3परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।

  • 5परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।

  • भजन 29:7-10
    4 पदहरू
    81%

    7परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।

    8परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ ।

    9परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”

    10परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।

  • भजन 93:3-4
    2 पदहरू
    80%

    3हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्‍नो स्‍वर उचाल्‍छन् । महासागरहरूका छालहरू ठोकिन्‍छन् र गर्जन्‍छन् ।

    4तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ ।

  • अय्यू 37:4-5
    2 पदहरू
    79%

    4यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्‍वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्‍दा उहाँले बिजुलीको चमकलाई रोक्‍नुहुन्‍न ।

    5परमेश्‍वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्‍ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।

  • 14परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो ।

  • 18तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्‍यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।

  • 1¶ परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।

  • 2सुन्‍नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्‍कने आवाजलाई सुन्‍नुहोस् ।

  • 32समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।

  • 7समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।

  • 16उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।

  • 4उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्‍छ र थरथर काम्छ ।

  • 1¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।

  • 11हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।

  • 30परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।

  • 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।

  • 4हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंलाई धन्यवाद दिनेछन्, किनकि तिनीहरूले तपाईंको मुखको वचनहरू सुन्‍नेछन् ।

  • 14आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।

  • 6अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।

  • 4किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्‍नुपर्छ ।

  • 4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।

  • 9के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?

  • 33आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।

  • 27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।

  • 2किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।

  • 15किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।

  • 16अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।

  • 13उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।

  • 8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।

  • 25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

  • 31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 11परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?

  • 1¶ मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।

  • 5हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।

  • 10सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन् ।

  • 4पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।

  • 1¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।

  • 3किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु ।

  • 1¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।

  • 4राजाको वचनले शासन गर्छ । त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ, “तपाईं के गर्दै हुनुहुन्छ?”

  • 7समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्छ ।

  • 4पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्‍चाइहरू उहाँकै हुन् ।