भजनसंग्रह 37:20

अनलक शाब्दिक बाइबल

तर दुष्‍ट मानिसहरू नष्‍ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्‍म हुनेछन् र धूवाँमा हराउनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 102:3 : 3 किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
  • भजन 68:2 : 2 जसरी धुवाँ उडेर जान्‍छन्, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन् ।
  • भजन 92:9 : 9 वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
  • व्यव 33:14-16 : 14 तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् । 15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् । 16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।
  • न्या 5:31 : 31 यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।
  • लू 13:3 : 3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
  • लू 13:5 : 5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ ।
  • इब्रा 12:29 : 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
  • २ पत्रु 2:12 : 12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् ।
  • उत्प 19:28 : 28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
  • लैव्य 3:3-9 : 3 त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्‍ने वा तीसँगै जोडिएको, 4 र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् । 5 हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ । 6 यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्‍खोट भाले वा पोथी चढाओस् । 7 यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् । 8 त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् । 9 त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्‍ने र तीसँगै भएको जम्मै बोसो, 10 र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् । 11 त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
  • लैव्य 3:16 : 16 पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्‍नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
  • व्यव 29:20 : 20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2जसरी धुवाँ उडेर जान्‍छन्, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन् ।

  • 38पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् । दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ ।

  • 10दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।

  • 2किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।

  • 17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।

  • 9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।

  • 28विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन् ।

  • 9वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।

  • 7जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।

  • 38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।

  • 18दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।

  • 21खराबीले दुष्‍टलाई मार्ने छ । धर्मीलाई घृणा गर्ने दोषि ठहरिने छ ।

  • भजन 37:9-10
    2 पदहरू
    71%

    9दुष्‍ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।

    10केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।

  • 20तिनीहरू भन्छन्, 'निश्‍चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्‍यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'

  • 19समय खराब हुँदा तिनीहरू लज्‍जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ ।

  • 6किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्‍टको मार्ग भने नष्‍ट हुनेछ ।

  • 10किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् ।

  • 9परमेश्‍वरको सासले तिनीहरू नष्‍ट हुन्छन् । उहाँको क्रोधको बिष्‍फोटले तिनीहरू भस्म हुन्छन् ।

  • 20परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ ।

  • 17तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।

  • 21दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ ।

  • 22तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन् ।

  • 22तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”

  • 6जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्‍ट भयो ।

  • 35पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।

  • 8तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।

  • यशा 33:11-12
    2 पदहरू
    69%

    11तिमीहरूले भुस गर्भधारण गर्‍यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्‍म पार्ने आगो हो ।

    12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।

  • 20किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ ।

  • 2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।

  • 16खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।

  • 13तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्‍वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्‍य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला

  • 15परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्‍क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।

  • 20किनभने निर्दयीहरूको अन्त हुनेछ र गिल्ला गर्नेहरू लप हुनेछन् । दुष्‍ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,

  • 18कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

  • 1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 7पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्‍ना काँडाहरू हान्दा, तिनका चुच्‍चो नभएजस्तै ती होऊन् ।

  • 17किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।

  • 18परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”

  • 14हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!

  • 17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

  • 24तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"

  • 15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ ।

  • 14थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।

  • 5वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 32दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।

  • 24यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ ।

  • 3त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।