भजनसंग्रह 55:7
हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।
6मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
8आँधी र हुरीबाट बच्न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
5मलाई धिक्कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।
6म उजाडस्थानको धनेसझैं भएको छु । भग्नावशेषको लाटोकोसेरोझैं म भएको छु ।
7एक्लिएको चराझैं छानामाथि म एक्लै जागा रहन्छु ।
4मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
1¶ म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्न सक्छौ, “चराझैं पहाडतिर भाग्”?
2उजाड-स्थानमा यात्रुहरू बस्नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्थ्यो, म आफ्ना मानिसहरूलाई त्याग्न त्यहाँ जान सक्थे । तिनीहरूलाई मैले छोड्न सके हुन्थ्यो, किनकि सबै व्यभिचारी, विश्वासघातीको जमात हुन्!
7तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र?
1¶ हे परमेश्वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्छु ।
9प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसें भने,
4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’
5पानीले मेरा घाँटीसम्म नै भर्यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।
13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्तमा राख्नुहुन्छ, र त्यहाँ म रहने समय तपाईंले तोक्नुहुन्छ, र मलाई याद गर्नुहुन्छ ।
15जसले गर्दा मेरा यी हड्डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्याप्ने कुरा र मृत्युलाई रोज्छु ।
16म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्यर्थ छन् ।
7हे परमेश्वर, जब तपाईं आफ्ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्थानमा हिंड्नुभयो, सेला
8आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।
4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
3ओहो, उहाँलाई मैले कहाँ भेट्न सक्छु भनी मैले जानेको भए! ओहो, म उहाँको बासस्थानमा गएको भए!
8तर मेरो बारेमा, स्वयम् परमेश्वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्नो गुनासो समर्पित गर्छु—
11त्यसकारण म आफ्नो मुख बन्द गर्दिन । म आफ्नो आत्माको वेदनामा बोल्नेछु । म आफ्नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।
5किनकि कष्टको दिनमा उहाँले मलाई आफ्नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्च पार्नुहुनेछ ।
18मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।
13किनकि अहिले म चुप लागेर बसिरहेको हुन्थें । म सुतेको हुन्थें, र विश्राममा हुन्थें,
2मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो ।
3मैले सुस्केरा हाल्दा मैले परमेश्वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला
23साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।
14गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
15मैले के भन्न सक्छु र? उहाँ मसँग बोल्ने अनि त्यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।
5उहाँले मलाई जवाफ दिएर भन्नुहुने वचनहरू म सिक्नेथिएँ, र उहाँले मलाई भन्नुहुने कुरा बुझ्नेथिएँ ।
20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
7तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ । तपाईंले मलाई कष्टबाट सुरक्षा दिनुहुन्छ । तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ ।
6म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला
27आफ्ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
19तपाईंले आफ्ना आँखा मबाट कहिले हटाउनुहुन्छ, आफ्नो थुक निल्न मलाई तपाईंले कहिले एक्लै छोड्नुहुन्छ?
25मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।
6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला
7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्थ्यो ।
4म आफ्नो दायाँतिर हेर्छु र त्यहाँ एक जना पनि देख्दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन ।
17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्नता के हो भनी मैले बिर्सेको छु ।
1¶ हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।
22मैले हतारमा यसो भनें, “तपाईंको दृष्टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्नुभयो ।
5तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
28अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
15“म यी कुराहरू भन्नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।
4तिनीहरू मरुभूमिको बाटोमा उजाडस्थानमा भौंतारिए र बस्नलाई कुनै सहर भेट्टाएनन् ।
5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
17किन मैले ठेस खान लागेको छु र म निरन्तर पीडामा छु ।