भजनसंग्रह 68:34

अनलक शाब्दिक बाइबल

परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 33:26 : 26 यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।
  • १ इति 16:28-29 : 28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ । 29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर ।
  • भजन 29:1-2 : 1 ¶ ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ । 2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
  • भजन 96:6-8 : 6 उहाँको उपस्थितिमा वैभव र ऐश्‍वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् । 7 हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्‍तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्‍तुति गर । 8 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्‍याओ र उहाँको मन्दिरभित्र आओ ।
  • भजन 150:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
  • २ पत्रु 1:17 : 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
  • प्रका 19:6 : 6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 35हे परमेश्‍वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।

  • भजन 68:32-33
    2 पदहरू
    79%

    32हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको निम्‍ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।

    33आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।

  • 28हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।

  • 1¶ ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।

  • भजन 108:4-5
    2 पदहरू
    73%

    4किनकि तपाईंको करारको विश्‍वस्‍तता स्वर्गभन्दा पनि महान् छ र तपाईंको सत्‍यता आकाससम्मै पुग्छ ।

    5हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।

  • 6किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।

  • 11हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 26यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।

  • 4परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।

  • 5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 4परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ ।

  • भजन 89:17-18
    2 पदहरू
    72%

    17तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।

    18किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।

  • 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।

  • भजन 150:1-2
    2 पदहरू
    72%

    1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

    2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • 13हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं ।

  • 17परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।

  • भजन 66:2-3
    2 पदहरू
    71%

    2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

    3परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।

  • 3किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु ।

  • भजन 148:13-14
    2 पदहरू
    71%

    13तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्‍च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।

    14उहाँले आफ्‍ना सबै विश्‍वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्‍ति आफ्‍ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।

  • 19हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?

  • 26सभाहरूमा परमेश्‍वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।

  • 8तब पृथ्वी काम्यो । परमेश्‍वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा, इस्राएलका परमेश्‍वर, परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्‍टि खन्यायो ।

  • 33परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ ।

  • 7हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्‍तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्‍तुति गर ।

  • 32कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ ।

  • १ इति 16:27-28
    2 पदहरू
    70%

    27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।

    28मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।

  • 14तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।

  • 3तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।

  • 6आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।

  • 14परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्‍चले कराउनुभयो ।

  • 6किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?

  • 8हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।

  • 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।

  • 11हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।

  • 34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

  • 15बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।

  • 4परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।

  • 7मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।

  • 2बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।

  • 2किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।

  • 22उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।

  • 6आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला