भजनसंग्रह 77:17
बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
19तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।
14परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्चले कराउनुभयो ।
15उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्ट पार्नुभयो ।
16अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।
16हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
11अन्धकार र आकाशको बाक्लो बादललाई उहाँले आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
12उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।
13परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्चको आवाजले कराउनुयो ।
14उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।
15तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।
6बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्ट पार्नुहोस् । तपाईंका काँडहरू हान्नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।
9तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो ।
10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
11तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्च स्थानमा अडिरहे ।
16उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।
7तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
13उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।
34के तैंले आफ्नो सोर बादलसम्म पुर्याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्त भलले तँलाई ढाक्न सक्छ?
35के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं?'
11वास्तवमा बाक्लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्ट पार्नुहुन्छ ।
7उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्नो भण्डारबाट हुरीबतास निकाल्नुहुन्छ ।
4हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
3परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
2सुन्नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्कने आवाजलाई सुन्नुहोस् ।
3उहाँले त्यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्म आफ्नो बिजुली पठाउनुहुन्छ ।
4यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्दा उहाँले बिजुलीको चमकलाई रोक्नुहुन्न ।
5परमेश्वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्ने महान् कुराहरू उहाँले गर्नुहुन्छ ।
6किनकि उहाँले हिउँलाई भन्नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्नुहुन्छ, 'मुसलधारे झरी बन् ।'
8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
12उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्नो वरिपरिको पाल बनाउनुभयो ।
15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,
27किनकि उहाँले पानीको थोपालाई माथि तान्नुहुन्छ, आफ्नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,
28जसलाई बादलहरूले तल खन्याउँछन्, र मानवजातिमा प्रचुर मात्रामा पानी पर्छ ।
29वास्तवमा के कसैले बादलको बृहत् फैलावट, र उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ?
4उहाँको बिजुलीको चमकले संसारलाई उज्यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ ।
16चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
9हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
30परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
26उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।
7पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्ना काँडाहरू हान्दा, तिनका चुच्चो नभएजस्तै ती होऊन् ।
3तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्नुहुन्छ ।
23तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
18उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्लिन्छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्यो ।
15तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
8उहाँले पानीलाई आफ्नो बाक्लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।