भजनसंग्रह 80:19

अनलक शाब्दिक बाइबल

हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 80:3 : 3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
  • भजन 80:7 : 7 हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्‍नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
  • यिर्मि 3:22-23 : 22 “हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । 23 निश्‍चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्‍चय नै परमप्रभु हाम्रा परमेश्‍वर इस्राएलको उद्धार हुनुहुन्छ ।
  • भजन 27:4 : 4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ ।
  • भजन 27:9 : 9 मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।
  • भजन 31:16 : 16 आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् ।
  • भजन 44:3 : 3 किनकि तिनीहरूले आफ्‍नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्‍त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्‍योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
  • भजन 80:1 : 1 ¶ हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 80:1-4
    4 पदहरू
    93%

    1¶ हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्‍याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्‍कनुहोस् ।

    2एफ्राइम, बेन्यामीन र मनश्‍शेको दृष्‍टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।

    3हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।

    4हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?

  • भजन 80:6-7
    2 पदहरू
    93%

    6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्‍यस्‍तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्‍ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।

    7हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्‍नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।

  • 18तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।

  • 21हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।

  • 4हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्‍नता छोडिदिनुहोस् ।

  • भजन 85:6-7
    2 पदहरू
    76%

    6के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।

    7हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्‍ति दिनुहोस् ।

  • भजन 67:1-2
    2 पदहरू
    76%

    1¶ परमेश्‍वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष्‌‌‌ दिनुभएको होस्, अनि हामीमाथि आफ्‍नो मुहार चम्काउनुभएको होस् । सेला

    2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस् ।

  • 16आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् ।

  • 9हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।

  • 14हे सर्वशक्तिमान् परमेश्‍वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्‍यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।

  • 1¶ हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्‍नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।

  • 35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”

  • 4हे परमप्रभु, नेगेवका नदीहरूझैं हाम्रा सुदिनहरू फर्काउनुहोस् ।

  • भजन 79:8-9
    2 पदहरू
    73%

    8हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं ।

    9हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।

  • 6धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।

  • भजन 90:13-14
    2 पदहरू
    72%

    13हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।

    14बिहान हामीलाई तपाईंको करारको विश्‍वस्‍तताले सन्‍तुष्‍ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्‍दित र खुसी हुन सकौं।

  • 47हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।

  • 40हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।

  • 8मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।

  • 9हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्‍त जनको निम्ति चासो देखाउनुहोस् ।

  • 13हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं ।

  • 6इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

  • 26हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्‍नो करारको विश्‍वस्‍तताको निम्‍ति हाम्रो उद्धार गर्नुहोस् ।

  • 135तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

  • 13यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।

  • 17अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् ।

  • 1¶ परमप्रभुले सियोनको सुदिन फर्काउनुहुँदा, हामीलाई सपना देखेजस्तो भयो ।

  • 4हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।

  • 25हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!

  • 22हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।

  • 5अनि हामी तपाईंको विजयमा आनन्‍दित हुनेछौं र हाम्रा परमेश्‍वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्‍नुभएको होस् ।

  • 7ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।

  • 22“हे विश्‍वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्‍वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ ।

  • 13हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।

  • 22हे परमप्रभु, हामीले आफ्‍नो आसा तपाईंमा राख्‍दा, तपाईंको करारको विश्‍वस्‍तता हामीसँग रहोस् ।

  • 17आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।

  • 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।

  • 12तपाईंको मुक्‍तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।

  • 2हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्‍टको समयमा हाम्रो उद्धार हुनुहोस् ।

  • 11हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्‍नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्‍टबाट बाहिर निकाल्‍नुहोस् ।

  • 9किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”

  • 42हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।