भजनसंग्रह 80:1
¶ हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस् ।
¶ हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
3हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
9यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
7यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः
14आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।
15मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्चर्य कामहरू देखाउनेछु ।
10“हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'
71आफ्ना पाठाहरूका साथमा हिंड्ने भेडीहरूका पछि लाग्नबाट उहाँले तिनलाई ल्याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।
7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्नबाट बोलाएँ ।
16“हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्वर हुनुहुन्छ ।
1¶ हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
1¶ परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ ।
8हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । हे याकूबका परमेश्वर, म के भन्दैछु सो सुन्नुहोस् । सेला
9हे परमेश्वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्त जनको निम्ति चासो देखाउनुहोस् ।
1¶ तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,
2“ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर गोठालाहरूलाई यसो भन्नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?
9आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष् दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्नुहोस् ।
8अब उप्रान्त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।
14गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्नो निम्ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्ना मानिसहरूलाई डोर्याउनुभयो?
1¶ परमप्रभुले राज्य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
20तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्याउनुभयो ।
3ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गाउनेछु ।
7किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्नेछौ ।
2हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्’ ।”
13इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।”
19हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।
7हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
8हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्नुहोस् ।
22म आफ्नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!
23मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।
8हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!
17एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
1¶ “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्याय आउँदैछ । तिमीहरू मिस्पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।
41हे परमप्रभु परमेश्वर, अब आफ्नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्दूकमा उठ्नुहोस् । हे परमप्रभु परमेश्वर, तपाईंका पुजारीहरू उद्धारको वस्त्रले पहिराइऊन्, र तपाईंका सन्तहरू तपाईंको भलाइमा आनन्दित होऊन् ।
4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
11एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्नुहुन्छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्याउनुहुन्छ ।
15परमप्रभुले मलाई भन्नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,
3ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।
15तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो ।
52आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्थानमा बाटो देखाउनुभयो ।
7आफ्ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्नो करारको विश्वस्तता अचम्म किसिमले देखाउनुहोस् ।
44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्तै त्यहाँबाट भाग्न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
1¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः
1¶ तपाईंतिर म आफ्ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।
3तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
2केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”
1¶ हे परमेश्वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
20आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?
16तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।